KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

२९ चैत,काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षको तुलनामा दुवै बालीको समर्थन मूल्य वृद्धि गरेको जनाएको छ।

मन्त्रालयको निर्णयअनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ, जुन गत वर्षको तुलनामा ७७ रुपैयाँ ६२ पैसाले बढी हो।

त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले वृद्धि भएको हो।

Call Us for Ads

गत वर्ष गहुँको समर्थन मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धानको मूल्य २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विन्टल रहेको थियो।

मन्त्रालयका अनुसार चैते धानको नयाँ समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानका लागि लागू हुनेछ। यदि चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ।

सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्य सुनिश्चित गर्न प्रत्येक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation