ढाका, फागुन ६ —
बंगलादेशमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको नयाँ मन्त्रिपरिषद ५० सदस्यीय बनेको छ। प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराएका थिए। शपथपछि प्रधानमन्त्री रहमानले बुधबारदेखि नै नयाँ सरकारले औपचारिक रूपमा काम सुरू गर्ने बताएका छन्।
नयाँ मन्त्रिपरिषदमा २५ जना पूर्ण मन्त्री र २४ जना राज्यमन्त्री रहेका छन्। मन्त्रिपरिषदमा अनुभवी राजनीतिज्ञसँगै प्राविधिक विज्ञ (टेक्नोक्र्याट) हरूलाई पनि समेटिएको छ, जसले प्रशासनिक दक्षता र नीतिगत सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
फेब्रुअरी १२ मा सम्पन्न आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ बहुमत हासिल गर्दै सत्तामा पुनरागमन गरेको थियो। बीएनपी नेतृत्वको सरकारको पुनरागमनसँगै देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिएको विश्लेषण गरिएको छ।
मन्त्रीहरूको सूची र जिम्मेवारी
१. मिर्जा फखरुल इस्लाम आलमगीर — स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय
२. अमिर खस्रु महमुद चौधरी — अर्थ तथा योजना मन्त्रालय
३. सलाहुद्दीन अहमद — गृह मन्त्रालय
४. इकबाल हसन महमुद — विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालय
५. हाफिज उद्दिन अहमद — मुक्ति युद्ध मामिला मन्त्रालय
६. अबु जाफर एमडी जाहिद हुसैन — महिला तथा बालबालिका मामिला र सामाजिक कल्याण मन्त्रालय
७. खालिलुर रहमान (टेक्नोक्र्याट) — परराष्ट्र मन्त्रालय
८. निताइ रोय — संस्कृति मन्त्रालय
९. अब्दुल आवाल मिन्टु — वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
१०. शाह मोफज्जल हुसैन काइकोबाद — धार्मिक मामिला मन्त्रालय
११. मिजानुर रहमान मिनु — भूमि मन्त्रालय
१२. खन्दाकर अब्दुल मुक्तादिर — वाणिज्य, उद्योग, वस्त्र तथा जूट मन्त्रालय
१३. अरिफुल हक चौधरी — श्रम तथा रोजगार, वैदेशिक रोजगार तथा प्रवासी कल्याण मन्त्रालय
१४. जाहिर उद्दिन स्वप्न — सूचना तथा प्रसारण मन्त्रालय
१५. अमिनुर राशिद (टेक्नोक्र्याट) — खाद्य, कृषि,मत्स्य तथा पशुपन्छी मन्त्रालय
१६. अफरोजा खानम रिता — नागरिक उड्डयन तथाप र्यटन मन्त्रालय
१७. शाहिद उद्दिन चौधरी अनी — जलस्रोत मन्त्रालय
१८. असादुल हबीब दुलु — विपद् व्यवस्थापन तथ
राहत मन्त्रालय
१९. एमडी असदुज्जामान — कानुन, न्याय तथ संसदीय मामिला मन्त्रालय
२०. जकारिया ताहेर — आवास तथा सार्वजनिक निर्माण मन्त्रालय
२१. दिपोन देवान — चिटगाँग हिल ट्र्याक्ट्स मामिला मन्त्रालय
२२. ए एन एम एहसानुल हक मिलन — शिक्षा मन्त्रालय तथा प्राथमिक र जनशिक्षा मन्त्रालय
२३. सरदार सखावत हुसेन — स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
२४. फकिर महबुब अनाम — हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा विज्ञान तथा प्रविधि मन्त्रालय
२५. शैख रबिउल आलम — सडक यातायात तथा पुल,रेल तथा जलयातायात मन्त्रालय
राज्यमन्त्रीहरूको सूची र जिम्मेवारी
१. एम राशिदुज्जमान मिल्लत — नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय
२. अनिन्द्य इस्लाम अमित — विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालय
३. एमडी शरीफुल आलम — वाणिज्य, उद्योग, वस्त्र तथा जूट मन्त्रालय
४. फरहाद हुसैन आजाद — जलस्रोत मन्त्रालय
५. शमा ओबैद इस्लाम — परराष्ट्र मन्त्रालय
६. सुल्तान सलाहुद्दीन टुकु — खाद्य, कृषि, मत्स्य तथा पशुपन्छी मन्त्रालय
७. बैरिस्टर कायसर कमाल — भूमि मन्त्रालय
८. एमडी अमिनुल हक (टेक्नोक्र्याट) — युवा तथा खेलकुद मन्त्रालय
९. मीर मोहम्मद हेलाल उद्दिन — चिटगाँग हिल ट्र्याक्ट्स मामिला मन्त्रालय
१०. हाबिबुर राशिद हाबिब — सडक यातायात तथा पुल, रेल तथा जलयातायात मन्त्रालय
११. राजिब अहसान — सडक यातायात तथा पुल मन्त्रालय
१२. एमडी अब्दुल बारी — सार्वजनिक प्रशासन मन्त्रालय
१३. मीर शाहे आलम — स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय
१४. जुनायद साकी — अर्थ तथा योजना मन्त्रालय
१५. इशराक हुसेन — मुक्ति युद्ध मामिला मन्त्रालय
१६. फरजाना शर्मिन — महिला तथा बालबालिका मामिला तथा सामाजिक कल्याण मन्त्रालय
१७. शैख फरिदुल इस्लाम — वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
१८. नुरुल हक नुर — श्रम तथा रोजगार, वैदेशिक रोजगार तथा प्रवासी कल्याण मन्त्रालय
१९. यासिर खान चौधरी — सूचना तथा प्रसारण मन्त्रालय
२०. एम इकबाल हुसेन — विपद् व्यवस्थापन तथा राहत मन्त्रालय
२१. एम ए मुहित — स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
२२. अहमद सोहेल मनजुर — आवास तथा सार्वजनिक निर्माण मन्त्रालय
२३. बबी हज्जाज — शिक्षा मन्त्रालय तथा प्राथमिक र जनशिक्षा मन्त्रालय
२४. अली नेवाज महमुद खैयाम — संस्कृति मन्त्रालय
सरकारका प्राथमिक एजेन्डा
नयाँ सरकारले आर्थिक पुनरुत्थान, ऊर्जा सुरक्षा, वैदेशिक रोजगार व्यवस्थापन, जलवायु परिवर्तन नियन्त्रण, प्रशासनिक सुधार तथा सुशासनलाई प्राथमिकतामा राख्ने जनाएको छ।
विश्लेषकहरूका अनुसार बीएनपी नेतृत्वको सरकारको पुनरागमनले बंगलादेशको आन्तरिक राजनीतिक समीकरण मात्र नभई क्षेत्रीय कूटनीतिक सम्बन्धमा पनि नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।
भारतमा पहिलो पटक ‘म्युजिकल रोड’ अर्थात् ‘मेलोडी रोड’ निर्माण गरिएको छ। मुम्बईको चर्चित कोस्टल रोडमा बनाइएको यस विशेष सडकमा सवारीसाधन निर्धारित गतिमा गुड्दा ‘जय हो’ गीतको धुन स्वचालित रूपमा बज्ने व्यवस्था गरिएको छ।
बृहन्मुम्बई महानगरपालिका (BMC) ले यो अनौठो प्रयोग नारिमन पोइन्टदेखि वरलीसम्मको सडक खण्डमा लागू गरेको हो। सडकको सतहमा विशेष प्रकारका ग्रुभ (खाल्डा-जस्ता रेखाहरू) बनाइएका छन्। जब सवारी साधन करिब ७०–८० किलोमिटर प्रतिघण्टाको स्थिर गतिमा गुड्छ, तब टायर र सडकबीचको घर्षणबाट ‘जय हो’को धुन सुनिन्छ।
कसरी काम गर्छ म्युजिकल रोड?
यस प्रविधिमा सडकको सतहमा निश्चित दूरीमा स-साना ग्रुभहरू बनाइन्छन्। गाडीको टायर ती ग्रुभमाथि गुड्दा उत्पन्न हुने कम्पन र ध्वनिले संगीतको ताल सिर्जना गर्छ। यदि चालकले तोकिएको गति कायम राखेमा मात्र धुन स्पष्ट सुनिन्छ। गति धेरै कम वा धेरै बढी भएमा धुन स्पष्ट हुँदैन।
यो प्रविधि हंगेरीमा सफलतापूर्वक प्रयोग भइसकेको छ। सोही प्रविधिबाट प्रेरित भएर भारतमा पहिलोपटक मुम्बईमा यो प्रयोग गरिएको हो।
सुरक्षित ड्राइभिङलाई प्रोत्साहन
BMC का अनुसार यो केवल मनोरञ्जनका लागि मात्र होइन, सुरक्षित गति कायम राख्न प्रेरित गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो। चालकले ७०–८० किमी प्रतिघण्टा गति कायम राखेमा मात्र गीत सुन्न सक्ने भएकाले यसले अत्यधिक गति नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यो अवधारणा पूर्व सांसद राहुल शेवालेले अघि सारेका थिए। उनले मुम्बईको आधुनिक पूर्वाधारमा नयाँ प्रयोगमार्फत नागरिकलाई सकारात्मक सन्देश दिन खोजिएको बताएका छन्।
नागरिकको प्रतिक्रिया
मुम्बईबासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई रोचक र नवीन पहलको रूपमा स्वागत गरेका छन्। धेरैले यसलाई भारतको सडक पूर्वाधारमा सिर्जनात्मक सोचको उदाहरण बताएका छन्।
यस ‘म्युजिकल रोड’ सफल भएमा आगामी दिनमा अन्य शहरहरूमा पनि यस्तो प्रविधि विस्तार गरिने सम्भावना रहेको बताइएको छ।
काठमाडौं – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँगको समन्वयमा विदेश भागेका दस जना फरार प्रतिवादीलाई स्वदेश फिर्ता ल्याएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, चालु आर्थिक वर्षमा ११ जना प्रतिवादीविरूद्ध ‘रेड नोटिस’ र तीन जना विरूद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। यसमा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।
अघिल्लो आर्थिक वर्षमा ३४ जना प्रतिवादीविरूद्ध रेड नोटिस र दुई जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको थियो।
प्रवक्ता काफ्लेले भने, “इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न र अन्तर्राष्ट्रियस्तरमा कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ। अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ।”
नेपाल प्रहरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न, र अपराध अनुसन्धान तथा नियन्त्रणमा सक्रिय रही विभिन्न सुरक्षा रणनीति अवलम्बन गर्दै कार्यक्षेत्रमा लागिपरेको उनले बताए।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले सम्बन्धित नोटिस जारी गर्दै आएको छ।
जापानको कोबे सहरमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँ एक व्यक्तिले आफ्नो कार लगातार ७ वर्षसम्म एउटै ‘क्वाइन पार्किङ’मा छोडेको खुलासा भएको छ। सो घटनामा संलग्न ४७ वर्षीय व्यक्तिलाई प्रहरीले ‘व्यवसायमा अवरोध पुर्याएको’ आरोपमा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ती व्यक्तिले सन् २०१९ अप्रिलदेखि कोबे सहरको नादा वार्डमा रहेको पार्किङ स्थलमा आफ्नो कार पार्किङ गरेका थिए। कार पार्किङ गरिएको लामो अवधिमा पार्किङ शुल्क ३० लाख येनभन्दा बढी पुगेको बताइएको छ।
प्रहरीसँगको प्रारम्भिक बयानमा उनले कारको इन्जिन नचलेका कारण त्यसलाई त्यहीँ छोडेको स्वीकार गरेका छन्। तर, उनले पार्किङ शुल्क तिर्ने विषय मात्र नभई लामो समयसम्म एउटै स्थान ओगटेर अन्य ग्राहकलाई पार्किङ गर्न नदिएकाले पार्किङ व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै उनीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यस घटनापछि अर्को बहस पनि सुरु भएको छ। यति लामो समयसम्म पार्किङ सञ्चालकले कार हटाउन किन पहल गरेनन् भन्ने विषयमा स्थानीय स्तरमा प्रश्न उठिरहेको छ। केहीले पार्किङ व्यवस्थापन र कानुनी प्रक्रियाका कारण कार तुरुन्त हटाउन नसकिएको हुन सक्ने अनुमान गरेका छन् भने केहीले व्यवस्थापनको कमजोरी रहेको टिप्पणी गरेका छन्।
जापानमा ‘क्वाइन पार्किङ’ प्रणाली व्यापक रूपमा प्रयोग हुने भएकाले यस्ता घटनाले पार्किङ व्यवस्थापन, शुल्क प्रणाली र नियम कार्यान्वयनका विषयमा पुनः ध्यानाकर्षण गराएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको बिहार राज्यमा झुक्क्याएर गाईको मासु खुवाएको आरोपमा एक युवकले आफ्नै साथीको हत्या गरेको घटना सार्वजनिक भएको छ। उक्त घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको एक गाउँमा बसोबास गर्ने विरेन्द्र यादव नामक व्यक्तिले आफ्ना २८ वर्षीय साथी आफताब आलमको हत्या गरेका हुन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विरेन्द्रले झुक्क्याएर गाईको मासु खुवाएको भन्दै रिसको आवेगमा हत्या गरेको स्वीकार गरेका छन्।
घटनापछि आफताब आलम केही दिनदेखि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी कार्य तीव्र बनाएपछि गाउँ नजिकै रहेको एक इनारमा उनको शव फेला परेको बताइएको छ। शव फेला परेपछि स्थानीयवासी आक्रोशित बनेका थिए भने प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै आरोपी विरेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको विस्तृत कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले सामाजिक सद्भाव र आपसी विश्वासमाथि गम्भीर प्रश्न उठाएको स्थानीयबासीहरूको भनाइ छ। प्रहरीले समुदायलाई संयमित रहन र अफवाह नफैलाउन आग्रह गरेको छ।
- अरब सागरमा भारतको ठूलो कारबाही : अमेरिकी प्रतिबन्धित तीन तेल ट्याङ्कर जफ्ती, ‘शेडो फ्लीट’ विरुद्ध कडा सन्देश
- ५५ यात्रु बोकेको सोमाली विमान समुद्री किनारमा आपतकालीन अवतरण, चालक दलको सुझबुझले सबैको ज्यान जोगियो
- जनकपुर–यदुकाहा सडकखण्डमा तेस्रो लिङ्गी व्यक्ति मृत फेला, अनुसन्धान सुरु
- उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट नेपाल ल्याइए
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३