२०० करोड ठगी प्रकरणमा बयान दिन अदालत पुगिन् नोरा फतेही, बनिन् अभियोजन पक्षकी साक्षी
बिरगंज, पर्सा, २१ कार्तिक
काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही २०० करोड भारतीय रुपैयाँको कथित ठगी तथा जबरजस्ती रकम असुली प्रकरणमा बयान दिन शुक्रबार दिल्लीस्थित राउज एभिन्यू अदालत पुगेकी छन्। यस प्रकरणमा उनी अभियुक्त नभई अभियोजन पक्षकी साक्षीका रूपमा अदालतमा उपस्थित भएकी हुन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अदालतमा बयान दिँदै नोराले सन् २०२० मा चेन्नईमा आयोजित एक च्यारिटी कार्यक्रममा सुकेश चन्द्रशेखरकी पत्नी लीना मारिया पलसँग भेट भएको बताएकी छन्।
नोराका अनुसार एक्सिड इन्टरटेनमेन्ट नामक एजेन्सीमार्फत उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नृत्य प्रतियोगिताको निर्णायकका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्।
भेटका क्रममा लीनाले आफ्ना पति सुकेश नोरासँग कुरा गर्न चाहेको बताएपछि उनले सुकेशलाई फोन गरेर स्पिकरमा राखेकी थिइन्। कुराकानीका क्रममा सुकेशले चेन्नई आएकोमा नोरालाई धन्यवाद दिँदै आफ्नो परिवार उनको प्रशंसक रहेको बताएका थिए। साथै, भविष्यमा सँगै विभिन्न कार्यक्रममा सहभागी हुन सकिने प्रस्तावसमेत राखेका थिए।
अदालतमा बयान दिँदै नोराले कुराकानीकै क्रममा लीनाले आफूलाई कार उपहार दिने प्रस्ताव गरेको बताइन्। सुकेशले पनि उक्त उपहार स्वीकार गर्न आग्रह गरेको उनको भनाइ छ।
नोरा क्यानडाकी नागरिक हुन् भने उनको पुर्ख्यौली सम्बन्ध मोरक्कोसँग रहेको छ। उनले कामका लागि भिसा लिएर भारत आएको र आफ्ना कार्यक्रमको बुकिङ तथा भुक्तानीसम्बन्धी सम्पूर्ण व्यवस्थापन कम्पनीमार्फत हुने गरेको पनि अदालतमा स्पष्ट पारेकी छन्।
के हो २०० करोडको ठगी प्रकरण?
सुकेश चन्द्रशेखरमाथि सरकारी उच्च अधिकारीको नाम र पहिचान प्रयोग गरी र्यानब्याक्सीका पूर्व प्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहबाट करिब २०० करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप छ।
अनुसन्धान एजेन्सीका अनुसार सुकेशले जेलभित्रैबाट सरकारी अधिकारी बनेर फोन गर्दै शिविन्दरलाई जेलबाट छुटाउन सक्ने आश्वासन दिएका थिए। सन् २०२० देखि २०२१ को अवधिमा विभिन्न किस्तामा उक्त रकम असुलिएको आरोप लगाइएको छ।
यस प्रकरणमा सुकेशकी पत्नी लीना मारिया पलसहित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भएको थियो। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको नामसमेत यस मुद्दामा जोडिएको छ। उनी प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको मुद्दामा अभियुक्तका रूपमा रहेकी छन्।
तर नोरा फतेही भने दिल्ली प्रहरीले दायर गरेको मुद्दामा अभियोजन पक्षकी साक्षी हुन्। त्यसैले यस प्रकरणमा उनको भूमिका अभियुक्तको नभई घटनासम्बन्धी जानकारी दिने साक्षीको रहेको छ।
अदालतमा उपस्थित नभएपछि असन्तुष्टि
यसअघि अदालतमा उपस्थित नभएपछि नोराको अनुपस्थितिप्रति अदालतले असन्तुष्टि जनाएको थियो। त्यसपछि उनी शुक्रबार अदालतमा उपस्थित भएर आफ्नो बयान दिएकी हुन्।
यस मुद्दाको अर्को सुनुवाइ नोभेम्बर ३० मा हुने बताइएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






