KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
५ वर्ष नै बालेन नेतृत्वको सरकार चल्छ : रवि लामिछाने

५ वर्ष नै बालेन नेतृत्वको सरकार चल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार आगामी पाँच वर्षसम्म निरन्तर चल्ने बताएका छन्।

Advertisement

रास्वपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका हुन्। उनले बालेनलाई पाँच वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्।

Advertisement

बैठकमा लामिछानेले भनेका थिए, ‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु। पाँच वर्ष प्रधानमन्त्री वालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ।’ उनको भनाइ सार्वजनिक भएपछि रास्वपाभित्रको नेतृत्व र सत्ता समीकरणबारे चर्चा चुलिएको छ।

Ad

लामिछानेले सरकारसँग आफ्नो कुनै दूरी नरहेको उल्लेख गर्दै सरकार सही दिशामा अघि बढिरहेको दाबीसमेत गरेका छन्। उनले पार्टी संगठनलाई थप मजबुत बनाउन केन्द्रदेखि तल्लो तहसम्म सक्रिय हुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।

Advertisement

उनले पार्टीले ठूलो जनमत प्राप्त गरेको उल्लेख गर्दै जनताले गरेको अपेक्षा र विश्वास पूरा गर्न सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए। पार्टीभित्र अनुशासनलाई थप कडाइका साथ पालना गर्नसमेत उनले निर्देशन दिएका छन्।

Advertisement

बैठकमा रास्वपा उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारका कामकारबाहीबारे जानकारी गराएकी थिइन्।

बैठकमा केही केन्द्रीय सदस्यहरूले सरकारका कामकारबाही प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। साथै आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation