KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
अध्यादेश विवादमा पत्रकारमाथि राजीव खत्रीको टिप्पणी : ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्नेहरू’

अध्यादेश विवादमा पत्रकारमाथि राजीव खत्रीको टिप्पणी : ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्नेहरू’

बिरगंज, पर्सा, २१ कार्तिक 

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सरकारको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपति समक्ष आग्रह गर्ने पत्रकारहरूमाथि टिप्पणी गरेका छन्।

Advertisement

 

Ad

सांसद खत्रीले निष्पक्ष पत्रकारिता गर्ने पत्रकारले प्रस्तावित अध्यादेश रोकिदिन राष्ट्रपतिसमक्ष पुगेर विन्ती गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। उनले वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायत पत्रकारलाई लक्षित गर्दै उनीहरूले प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्छ भन्ने महसुस नगरेको हुन सक्ने टिप्पणी गरेका छन्।

Advertisement

 

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खत्रीले पत्रकारिताको आवरणमा पार्टीकारिता गर्नेहरूले राष्ट्रपतिलाई भेटेर अध्यादेश रोक्न आग्रह गरेको आरोप लगाएका छन्।

 

‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्ने अनि राष्ट्रपतिलाई भेटेर अध्यादेश रोकिदिन विन्ती गर्ने? निष्पक्ष पत्रकारिता गर्नेहरूलाई राष्ट्रपति कहाँ पुगेर अध्यादेश रोकिदिन विन्ती गर्नै परेको छैन,’ उनले लेखेका छन्।

 

उनले सरकारले ल्याउन खोजेको अध्यादेश राष्ट्रपतिले रोक्ने अधिकार संविधानको कुन धारामा रहेको छ भन्दै प्रश्नसमेत गरेका छन्।

 

राष्ट्रपतिसमक्ष गरिएको आग्रहलाई पत्रकारिताको चौथो अंगको आवाज नभई सञ्चार क्षेत्रभित्रको विकृतिको अभिव्यक्तिका रूपमा चित्रण गर्दै खत्रीले त्यसको शल्यक्रिया आवश्यक रहेको टिप्पणी गरेका छन्।

 

‘त्यसैले यो विन्ती देशको चौथो अंगले गरेको होइन, अंगमा लागेको ऐँजेरुले हो। जहाँ शल्यक्रियाको आवश्यकता छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

 

सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउन खोज्दा त्यसलाई निरंकुशताको संज्ञा दिने तथा न्यायाधीशको सम्पत्ति छानबिन गर्दा लोकतन्त्र खतरामा परेको तर्क गर्ने प्रवृत्तिसमेत विरोधाभासपूर्ण रहेको खत्रीको भनाइ छ।

 

सरकारको प्रस्तावित अध्यादेशलाई लिएर सञ्चार क्षेत्र र राजनीतिक वृत्तमा बहस भइरहेका बेला सांसद खत्रीको यो टिप्पणी सार्वजनिक भएको हो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation