आगामी निर्वाचनमा प्रहरीलाई फसाउने प्रयास हुन सक्ने भन्दै सतर्क रहन निर्देशन
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की ले आगामी निर्वाचनका क्रममा उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताबाट प्रहरीलाई फसाउने प्रयास हुन सक्ने भन्दै मातहत कार्यालयहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्।
शुक्रबार बिहान देशभरका प्रहरी कार्यालय प्रमुखहरूसँग गरिएको भर्चुअल निर्देशनमा उनले निर्वाचन सुरक्षामा निर्भीक भएर खटिन र सबै गतिविधिको प्रमाण सुरक्षित राख्दै काम गर्न आदेश दिएका हुन्।
आइजिपी कार्कीले चुनावी प्रचारप्रसारका लागि कुनै पनि सुरक्षाकर्मी परिचालन नगर्न स्पष्ट निर्देशन दिएका छन्। यस्तो कार्यमा संलग्न पाइए कारबाही हुने चेतावनी समेत उनले दिएका छन्।
त्यसैगरी उम्मेदवारको नजिक हुन खोज्ने, संगठनको गोप्य सूचना चुहाउने वा निर्वाचन प्रक्रियामा अनियमितता गर्न खोज्ने प्रहरी कर्मचारीको विवरण छुट्टै अभिलेख राख्न पनि निर्देशन दिइएको छ।
प्रमाण सुरक्षित राख्न विशेष जोड दिँदै उनले अभिलेख, भ्वाइस रेकर्ड, म्यासेज तथा च्याट सुरक्षित राख्न र दैनिक विवरण अद्यावधिक गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गर्न सकिने जनाइएको छ।
भर्चुअल बैठकमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी परिसर तथा मातहत कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखिनेछ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३