KATHMANDU WEATHER
Horizontal Scroll Menu
आईपीएलमा चेन्नईको शानदार जित, मुम्बई ८ विकेटले पराजित

आईपीएलमा चेन्नईको शानदार जित, मुम्बई ८ विकेटले पराजित

काठमाडौं,२० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।

चेन्नईमा सम्पन्न खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा चेन्नईले १६० रनको लक्ष्य १८.१ ओभरमै केवल २ विकेट गुमाएर पूरा गर्‍यो।

यस जितसँगै चेन्नईले ९ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित मुम्बई भने ९ खेलमा ४ अंकसहित नवौँ स्थानमा रहेको छ।

आईपीएल अन्तर्गत आज हुने खेलमा दिउँसो सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स आमनेसामने हुनेछन् भने बेलुका पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३