अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज नवलकिशोर साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
अमलेखगञ्ज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि चेकजाँचका नाममा विभिन्न सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।
अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा सवारीसाधन रोकेर चेकजाँच गर्ने क्रममा एक सय, दुई सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरेको स्थानीय तथा स्रोतको दाबी छ। विशेषगरी वीरगञ्ज तथा पूर्वतर्फबाट आउने मालवाहक सवारीसाधन, कुखुरा तथा भैंसी बोकेका सवारीसाधनबाट रकम उठाउने गरिएको आरोप छ।
मालवाहक सवारीसाधनसँग ‘मासिक सेटिङ’को आरोप
यसैबीच, इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर माथि विभिन्न व्यवसायी, ढुवानी व्यवसायी तथा बिचौलियामार्फत नियमित रूपमा रकम संकलन हुने गरेको गम्भीर आरोपसमेत लगाइएको छ ।
स्रोतअनुसार भारतीय मालवाहक सवारीसाधन, ओभरलोड कन्टेनर तथा अन्य ढुवानी व्यवसायसँग सम्बन्धित सवारीसाधनलाई आर्थिक प्रभावका आधारमा सहजीकरण गर्ने गरिएको छ । कतिपय सवारीसाधनलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा पठाउनुपर्ने अवस्थामा सामान्य कारबाही गरेर छाड्ने गरिएको समेत पाइएको छ ।
ओभरलोड रहेकाे ट्रकहरू लाई नियम अनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था ट्राफिक नियममा रहेको छ। साथै जरिवाना सहित ट्रकको भार क्षमता बाहेकको वजन रहेकाे वस्तु पूर्ण रूपमा त्यस ट्रकबाट झार्नु पर्ने र पूर्ण ट्रकको क्षमता र नेपाल ट्राफिक प्रहरीकाे नियम अनुसारको वजन सहित जाने नियम मिलाइएको छ।
तर ट्रक चालक हरु आफनो आम्दानी बढाउन क्षमता भन्दा बढी भार बोकेर आउने गरेका छन। यदि कोई ट्रक चालक लगभग पाँच टन भार बढी लोड गर्यो भने एउटा मिनी ट्रकको भाडा जतिको रकम पाउने देखिन्छ।
तर यस ठाउँ हैन नेपाल अधिराज्य भरी पुग्ने सम्पूर्ण भारतीय मालवाहक ट्रक, कन्टेनर हरु जहिले पनि क्षमता भन्दा बढी तीन टन देखि दस टन सम्म ओभरलोड गरी आउने गरेको कारण पथलैया अमलेखगन्ज बाटो जहिले पनि बिग्रेकै अवस्थमा हुन्छ।
स्रोतका अनुसार उक्त क्षेत्रमा दैनिक विभिन्न सवारीसाधनबाट करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको दाबी गरिएको छ। उठाइएको रकममध्ये माथिल्लो तहसम्म समेत मासिक रूपमा हिस्सा जाने गरेको स्रोतको दाबी छ।
ट्राफिक चेकजाँचका क्रममा अनावश्यक रूपमा सवारीसाधन रोक्ने र रकम नदिएसम्म दुःख दिने गरेको गुनासो केही चालकले गरेका छन्। यस विषयमा प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहको भूमिका तथा चेकजाँचका क्रममा हुने आर्थिक कारोबारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

