आरेन राईको प्रश्न– ‘निर्मला र दरबार हत्याकाण्डको फाइल कहाँ पुग्यो ?’
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशका चर्चित हत्या तथा भ्रष्टाचारसम्बन्धी घटनाका फाइल खोलेर दोषीलाई कारबाही गर्न सरकारलाई चुनौती दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाउँदै विगतमा चर्चामा ल्याइएका विभिन्न काण्डका फाइलको अवस्थाबारे जवाफ मागे।
उनले निर्मला पन्त हत्याकाण्ड, दरबार हत्याकाण्ड, गिरी बन्धु टी–स्टेट र वाइडबडी काण्डको फाइल कहाँ पुगेको भन्दै प्रश्न गरे।
“निर्मला पन्त हत्याकाण्ड, दरबार हत्याकाण्ड, गिरी बन्धु टी–स्टेट र वाइडबडी काण्डको फाइल कहाँ पुग्यो ?” राईले प्रश्न गरे, “आज पक्राउ गर्ने र भोलिपल्टै छाड्ने कस्तो सुशासन हो ? के यी काण्डहरू केवल पपुलारिटीका लागि मात्रै बोलिएका थिए ?”
सरकार दुईतिहाइ बहुमतको नजिक रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न कुनै बहानाबाजी गर्न नहुने बताए।
भ्रष्टाचारीलाई कारबाही गर्न दुईतिहाइ बहुमत आवश्यक परे आफ्नो पार्टीले सरकार बाहिरै बसेर पनि निःशर्त समर्थन गर्ने उनको भनाइ थियो।
“भ्रष्टहरूलाई कारबाही गर्न दुईतिहाइ चाहिन्छ भने भन्नुहोस्, श्रम संस्कृति पार्टी साथ दिन तयार छ,” उनले भने, “हामीलाई सरकारमा जानु छैन, देश बनाउन र भ्रष्टहरूलाई थुन्न हामी बाहिरैबाट काँध हाल्न तयार छौं।”
राईले विगतका आन्दोलनमा तोडफोड तथा आगजनीका लागि उक्साउनेहरू नै अहिले मन्त्री र सांसद बन्ने, तर आन्दोलनमा सहभागी युवाहरू जेल बस्नुपर्ने अवस्था देखिएको भन्दै सरकारको आलोचना गरे।
उनले भने, “जेन–जी आन्दोलनमा ‘जलाऊ र ठोका’ भन्नेहरू आज सांसद र मन्त्री हुने, तर आन्दोलनमा सहभागी युवाहरू जेल बस्नुपर्ने ?”
बर्खे अधिवेशन अन्त्य हुन लागेको विषय उठाउँदै सांसद राईले संसद् छलेर संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई चेतावनी दिए।
सरकारका गतिविधिलाई आफूहरूले नजिकबाट नियालिरहेको बताउँदै उनले आफूहरू सुतेर नबसेको पनि स्पष्ट पारे।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






