बाढीपीडितका लागि वीरगन्जबाट १५ लाखको राहत सामग्री रसुवा पठाइयो
वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका नागरिकका लागि वीरगन्जबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि सुधिर पटेलको नेतृत्वमा युवा नेताहरूको टोली शनिबार राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको हो। ‘वीरगन्ज सहयोगी हात’ नामक युवाहरूको पहलमा संकलन गरिएको खाद्यान्न तथा अन्य आवश्यक सामग्री पिकअप गाडीमार्फत रसुवा पठाइएको हो।
राहत सामग्री लिएर आफू स्वयं प्रभावित क्षेत्रमा पुग्न लागेको पटेलले बताए। उनका अनुसार रसुवा पुगेपछि विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गरिनेछ।
सम्भव भएसम्म बाढी प्रभावित नागरिकका घरघरमै पुगेर समेत राहत सामग्री उपलब्ध गराउने योजना रहेको पटेलले जानकारी दिए।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले वीरगन्जबाट राहत संकलन गरिएको हो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






