KATHMANDU WEATHER
Horizontal Scroll Menu
बजरंग युवा समाजको पहलमा सतवरियाका विद्यार्थीलाई अध्ययन सामग्री सहयोग

बजरंग युवा समाजको पहलमा सतवरियाका विद्यार्थीलाई अध्ययन सामग्री सहयोग

राजन कुमार बानिया,वीरगंज २५ जेठ । पर्साको पोखरिया नगरपालिका–४ सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयका २१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

 

पोखरिया बजरंग युवा समाजको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, कटर तथा मेट्ने सामग्री प्रदान गरिएको हो। विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्नुका साथै अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

 

वितरण गरिएका सामग्री युवा नेता तथा समाजसेवी पवन गुप्ताको आर्थिक सहयोगमा उपलब्ध गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले शिक्षामा गरिएको लगानीले समाजको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्दै अन्य संघसंस्था तथा समाजसेवीलाई पनि यस्ता अभियानमा सहभागी हुन आग्रह गरे।

 

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कनुले स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विभिन्न योजना सञ्चालन गरिरहेको उल्लेख गर्दै सामाजिक संस्थाहरूसँगको सहकार्यले सकारात्मक परिणाम दिने बताए। उनले पोखरिया बजरंग युवा समाजले सञ्चालन गरेको कार्यक्रमलाई प्रशंसनीय कार्यको संज्ञा दिए।

 

विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीहरूका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताउँदै सहयोगदाता र आयोजक संस्थाप्रति आभार व्यक्त गरे।

 

कार्यक्रममा समाजका कोषाध्यक्ष रमेश महतो, मनिष रौनियार, सुजन सहनीलगायत पदाधिकारी, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

 

सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनीहरूले आवश्यक शैक्षिक सामग्री प्राप्त भएपछि नियमित अध्ययनमा थप सहजता हुने प्रतिक्रिया दिएका छन्।

 

पोखरिया बजरंग युवा समाजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनामूलक क्षेत्रमा यस्ता सेवामूलक र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३