KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बालेनको भारत भ्रमणमा नेपालको ठूलो प्रस्ताव, २ अर्ब डलर सहयोगदेखि रेल र द्रुतमार्गसम्म एजेन्डा

बालेनको भारत भ्रमणमा नेपालको ठूलो प्रस्ताव, २ अर्ब डलर सहयोगदेखि रेल र द्रुतमार्गसम्म एजेन्डा

बिरगंज, पर्सा, २० कार्तिक 

Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै नेपालले आर्थिक सहायता, पूर्वाधार विकास, हवाई तथा रेल सम्पर्क विस्तारलगायत महत्त्वपूर्ण विषय भारतसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ। भ्रमणका क्रममा नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग माग गर्ने प्रस्ताव अघि सारेको छ।

Advertisement

 

Ad

प्रस्तावित सहयोगमध्ये एक अर्ब अमेरिकी डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउन नेपालले आग्रह गर्ने तयारी गरेको सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएको छ।

Advertisement

 

Advertisement

नेपालले अनुदानबाट बुटवल–पोखरा द्रुतमार्ग निर्माण तथा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्ने योजना बनाएको छ। त्यस्तै, सहुलियतपूर्ण ऋण जलविद्युत आयोजना र विद्युत् प्रसारण लाइन निर्माणमा उपयोग गर्ने प्रस्ताव छ।

 

बुटवल–पोखरा द्रुतमार्गलाई प्राथमिकता

 

नेपालले भारतसँग प्रस्ताव गरेको प्रमुख आयोजनामध्ये बुटवल–पोखरा द्रुतमार्ग पनि एक हो। करिब ७५ करोड अमेरिकी डलर लागत अनुमान गरिएको उक्त आयोजनाका लागि ५० करोड डलर अनुदान माग गर्ने नेपालको तयारी छ।

 

द्रुतमार्ग निर्माण भएपछि भारतीय सीमाबाट पोखरासम्मको यात्रा सहज र छोटो हुने अपेक्षा गरिएको छ। यसले पोखरा, लुम्बिनी तथा मुक्तिनाथ क्षेत्रको धार्मिक र पर्यटकीय गतिविधिलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

 

अनुदानको बाँकी ५० करोड डलर भने गत भदौको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनामा खर्च गर्ने प्रस्ताव छ।

 

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी

 

भारत भ्रमणका क्रममा रेल सम्पर्क विस्तारलाई पनि महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि सारिएको छ। नेपालले जनकपुर र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ।

 

यसको तयारीस्वरूप भारतीय रेलको १७ डिब्बे रेल जनकपुरसम्म ल्याएर प्राविधिक परीक्षणसमेत गरिएको छ। प्रस्ताव कार्यान्वयन भए नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक सहरबीच आवागमन सहज हुनेछ।

 

यसका अतिरिक्त जनकपुरबाट बर्दिबास हुँदै निजगढसम्म रेलमार्ग विस्तार गर्ने तथा भारतको रक्सौलबाट वीरगन्ज र पथलैया हुँदै निजगढसम्म रेल सञ्जाल जोड्ने प्रस्ताव पनि अघि सारिएको छ।

 

पोखरा र भैरहवाका लागि नयाँ हवाई मार्गको माग

 

नेपालले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्ने भएको छ।

 

हाल भारत हुँदै नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडानले सिमरा प्रवेशमार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। पश्चिमतर्फबाट आउने विमानका लागि नयाँ प्रवेशमार्ग उपलब्ध भए उडान दूरी, समय र इन्धन खर्च घटाउन सकिने नेपालको अपेक्षा छ।

 

त्यस्तै, पोखरा–वाराणसी, भैरहवा–कुशीनगर र नेपालगन्ज–दिल्लीबीच सिधा हवाई सेवा सञ्चालन गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।

 

व्यापार सन्धि पुनरावलोकन र थप बन्दरगाहको माग

 

नेपालले भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यातमा देखिएका अवरोध हटाउन प्रस्ताव गर्ने भएको छ।

 

विशेषगरी चिया, प्लाइउडलगायत नेपाली उत्पादन भारतीय बजारमा प्रवेश गर्दा भोग्नुपरेका गुणस्तर परीक्षण, क्वारेन्टिन तथा अन्य गैरभन्सार अवरोधलाई सहज बनाउन नेपालले जोड दिने तयारी गरेको छ।

 

यसैगरी तेस्रो मुलुकसँगको व्यापार विस्तारका लागि गुजरात र ओडिसास्थित थप दुई भारतीय बन्दरगाह प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराउन पनि नेपालले आग्रह गर्नेछ।

 

ग्यास तथा पेट्रोलियम पाइपलाइन विस्तार

 

ऊर्जा र इन्धन आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपालले भारतसँग थप पाइपलाइन निर्माणको प्रस्ताव गरेको छ।

 

भारतको मोतीहारीबाट नेपालको सर्लाहीसम्म खाना पकाउने एलपी ग्यास ल्याउन छुट्टै पाइपलाइन निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ।

 

त्यस्तै, अमलेखगन्जबाट चितवनको भण्डारासम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र पूर्वी नेपाललाई लक्षित गरी भारतबाट झापासम्म अर्को पाइपलाइन निर्माण गर्ने विषय पनि छलफलमा राखिने तयारी छ।

 

नेपालमा आइआइटी र आइआइएमका शाखा खोल्ने प्रस्ताव

 

शिक्षा र प्रविधिको क्षेत्रमा समेत भारतसँग सहकार्य विस्तार गर्ने नेपालको योजना छ। भारतका प्रतिष्ठित शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आइआइएम) का शाखा नेपालमा स्थापना गर्न प्रस्ताव गरिएको छ।

 

त्यसैगरी नेपालीसहित नेपालका विभिन्न मातृभाषामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास गर्न भारतसँग प्राविधिक सहयोग र ज्ञान आदानप्रदान गर्ने प्रस्ताव पनि अघि सारिएको छ।

 

क्रिकेट खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि भारतीय पक्षसँग सहकार्य गर्ने विषयसमेत प्रस्तावमा समावेश छ।

 

भ्रमणअघि द्विपक्षीय छलफल तीव्र

 

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका क्रममा दुवै देशका अधिकारीबीच विभिन्न तहमा छलफल भइरहेको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा पनि प्रस्तावित एजेन्डाबारे छलफल भएको थियो।

 

प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ अर्थात् मंसिर ७ देखि ९ गतेसम्म गर्ने तयारी रहेको समाचारमा उल्लेख छ। यद्यपि दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्।

 

नेपालले अघि सारेका सबै प्रस्ताव भ्रमणकै क्रममा कार्यान्वयनमा जाने निश्चित भने छैन। विशेषगरी दुई अर्ब डलरको आर्थिक सहायता, नयाँ हवाई प्रवेशमार्ग, रेल सञ्जाल विस्तार र व्यापार सन्धि पुनरावलोकनमा भारतको निर्णय महत्त्वपूर्ण हुनेछ।

 

भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई आर्थिक, व्यापारिक तथा पूर्वाधार विकासको क्षेत्रमा थप उचाइमा पुर्‍याउने नेपालको अपेक्षा छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation