KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बंगालमा आज फैसलाको घडी: १५ वर्षे ममता-युग नै दोहरिने कि भाजपाले रच्ला इतिहास ?

बंगालमा आज फैसलाको घडी: १५ वर्षे ममता-युग नै दोहरिने कि भाजपाले रच्ला इतिहास ?

२१ बैशाख, काठमाडौँ । पश्चिम बंगालको सत्तामा लगातार १५ वर्षदेखि एकछत्र राज गरिरहेकी मुख्यमन्त्री ममता बनर्जीको राजनीतिक भविष्य र भाजपाको ‘ऐतिहासिक’ सत्तायात्राको निर्णय आज हुँदैछ ।

बंगालका २९३ सिटमा भएको मतदानको गणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । हुलाक मतपत्रको गणनासँगै खुल्ने ईभीएमका अंकगणितले दिउँसो १ बजेसम्ममा बंगालको नयाँ राजनीतिक तस्बिर स्पष्ट गर्नेछ ।

यसपटक तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) दुवैले बहुमतको सिट कटाउने दाबी गरिरहेका छन् । तर, सार्वजनिक भएका ८ मध्ये ६ वटा एक्जिट पोलले ममता बनर्जीको सरकार ढल्ने र भाजपाले सत्ताको बागडोर सम्हाल्ने प्रक्षेपण गरेका छन् । चुनावमा ९२.४७ प्रतिशतको ऐतिहासिक मतदान हुनुले सत्ताविरोधी लहरलाई बलियो संकेत गरेको कतिपय विश्लेषकहरूको मत छ ।

Call Us for Ads

यस पटकको चुनावमा मतदाता नामावलीबाट करिब ९१ लाख नाम हटाइनुले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । यसलाई नागरिकताको त्रास वा प्रशासनिक कसरत जे मानिए पनि मतदान प्रतिशतमा देखिएको यो उछाल निर्णायक सावित हुने देखिन्छ । ममता बनर्जीले आफ्नो साख जोगाउन ‘लक्ष्मीर भण्डार’ र ‘कन्याश्री’ जस्ता महिलाकेन्द्रित योजनामा भर परेकी छिन्, जसका कारण पुरुषको तुलनामा महिला मतदाता १.५ प्रतिशतले बढी देखिएका छन् । अर्कोतर्फ, भाजपाले शिक्षक भर्ती घोटाला, भ्रष्टाचार र महिला सुरक्षालाई मुख्य चुनावी हतियार बनाएको छ ।

हिंसाको इतिहास बोकेको बंगालको चुनाव यसपटक तुलनात्मक रूपमा शान्तिपूर्ण देखिएको छ । सन् २०२१ को चुनावमा ५८ जनाको ज्यान गएको कहालीलाग्दो विगतलाई बिर्साउँदै यसपटक झडपका घटना भए पनि मानवीय क्षति नहुनुलाई बंगालको लोकतन्त्रमा एक सकारात्मक संकेत मानिएको छ । सन् २०१६ मा केवल ३ सिट जितेको भाजपा २०२१ मा ७७ सिटसहित मुख्य विपक्षीको रूपमा उदय भएको थियो ।

आजको मतगणनाले भाजपा आफ्नो उक्त ग्राफलाई सत्ताको सिँढीसम्म पुर्‍याउँछ वा ममता बनर्जी चौथो पटक विजयको ‘ह्याट्रिक’ सहित इतिहास दोहोर्‍याउँछिन्, त्यो हेर्न बाँकी छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation