KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बाराको ३ नम्बर पुल बस्तीमा डोजर,स्थानीय आक्रोशित

बाराको ३ नम्बर पुल बस्तीमा डोजर,स्थानीय आक्रोशित

१ जेठ,वीरगञ्ज । डिभिजन वन कार्यालय बाराले शुक्रबार बिहान त्रिभुवन राजमार्गअन्तर्गत ३ नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर संरचना हटाएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा वन तथा सडक क्षेत्रभित्र रहेका घरटहरा हटाइएको हो।

 

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जको सीमाभित्र बस्ती तथा व्यवसाय सञ्चालन भइरहेको भन्दै हटाउन बाध्य भएको बताए। उनका अनुसार यसअघि पटक–पटक माइकिङ तथा लिखित सूचना जारी गरिएको थियो।

Call Us for Ads

 

दुई साताअघि सडक विभागले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेपछि स्थानीय व्यवसायीहरूले सडक सीमाभित्रका संरचना आफैं हटाएका थिए। तर शुक्रबार थप डोजर चलाइएपछि व्यवसायी तथा स्थानीयले राज्यले दमनात्मक शैली अपनाएको आरोप लगाएका छन्।

 

स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई पर्याप्त समय नदिई हटाइनु अन्यायपूर्ण भएको बताए। उनले सडक क्षेत्रभित्रका घरटहरा हटाइसकेपछि पनि बाँकी संरचनामा डोजर चलाइएको गुनासो गरे।

 

हेटौंडा–पथलैया सडकखण्डको ३ नम्बर पुल क्षेत्र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित थियो। उक्त क्षेत्रमा ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए। बजार हटाइएपछि स्थानीयको जीविकोपार्जन संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

 

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलको आम्दानीबाट ऋण लिएर हालै मात्रै नयाँ घर निर्माण गरेको बताइन्। “सडक क्षेत्रभन्दा बाहिर बसेपछि सुरक्षित हुन्छ भन्ने सोचेकी थिएँ, तर अहिले सबै गुमाएँ,” उनले भनिन्।

 

उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई स्थानान्तरणका लागि पर्याप्त समय नदिई डोजर चलाइनु अमानवीय भएको टिप्पणी गरे। उनले यसलाई स्थानीयको मानवअधिकारमाथिको दमनसमेत भएको बताए।

 

यता वन कार्यालयले भने पटक–पटकको सूचना बेवास्ता गरेपछि कानुनी प्रक्रिया अनुसार संरचना हटाइएको स्पष्ट

पारेको छ।

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation