KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बाराको अमलेखगञ्ज बाट ठुलो  परिमाणमा ट्रामाडोल लागुऔषध सहित  युवक पक्राउ

बाराको अमलेखगञ्ज बाट ठुलो परिमाणमा ट्रामाडोल लागुऔषध सहित युवक पक्राउ

२३ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसिया रहेका छन्।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। सो क्रममा बसको हुड र्‍याकमा राखिएका दुईवटा शंकास्पद झोला फेला परेपछि प्रहरीले ती झोलाको जाँच गरेको थियो।

Call Us for Ads

जाँच गर्दा झोलाभित्र ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३ सय क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित चौरसियालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation