KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बारामा भारतीय स्कारपियोको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते

बारामा भारतीय स्कारपियोको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते

बारा, ०१ कार्तिक। बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Advertisement

 

Advertisement

आज बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 19 G 9921 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

Ad

 

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी परमानन्द यादवका १७ वर्षीय छोरा धिरज यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ११ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

 

दुर्घटनामा मोटरसाइकलमा सवार कलैया–२१ भोडहा निवासी शिव गोपाल साहका १६ वर्षीय छोरा नगेश साह घाइते भएका छन्। उनको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

त्यस्तै, सोही स्थानका विक्रम प्रसाद यादवका १८ वर्षीय छोरा अरुण यादव पनि घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

दुर्घटनापछि प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमान्डमा खटिएको टोलीले स्कारपियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुण कुमार दुबे रहेको प्रहरीले जनाएको छ।

 

स्कारपियो चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ।

 

घटनास्थलको मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमान्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation