बारामा सुमोको ठक्करबाट अज्ञात युवकको मृत्यु, पहिचानका लागि प्रहरीको आग्रह
बारा । बाराको कलैया उपमहानगरपालिका-२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु भएको छ।
बिहिवार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । उनका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै रहेको छ। साथै दुर्घटनामा संलग्न सुमो र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रवक्ता घलेका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। मृतकको हुलिया उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो पाइन्ट लगाएको, उमेर करिब २२/२३ वर्ष रहेको छ।
मृतकलाई चिन्नुहुने वा उनका आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१, ९८५५०४५१०१ र ९८५५०४५७६६ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






