KATHMANDU WEATHER
Horizontal Scroll Menu
बरियारपट्टीबाट हराएका बालक मृत फेला, शवको अवस्था देखेर प्रहरी पनि स्तब्ध

बरियारपट्टीबाट हराएका बालक मृत फेला, शवको अवस्था देखेर प्रहरी पनि स्तब्ध

सिरहा । सिरहाको बरियारपट्टी क्षेत्रमा हराएका ३ वर्षीय बालक अभियान्स यादव मृत अवस्थामा फेला परेका छन् । प्रहरीले बालकको शव स्थानीय पोखरीमा भेटिएको जनाएको छ । शवमा गम्भीर चोटपटकका साथै हातखुट्टा काटिएको अवस्था देखिएकाले घटनाले थप रहस्य पैदा गरेको छ ।

 

लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्र प्रसाद यादवका छोरा अभियान्स बुधबारदेखि सम्पर्कविहीन भएका थिए । उनी आफ्नी आमा अमृत यादवसँग बरियारपट्टी गाउँपालिका–४ सोहपुर पुगेका बेला अचानक हराएका थिए । परिवारले आफन्त तथा आसपास क्षेत्रमा खोजी गर्दा पनि पत्ता नलागेपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा खबर गरिएको थियो ।

 

त्यसपछि प्रहरी नायब निरीक्षक ज्योती प्रकाश कार्कीको नेतृत्वमा खटिएको टोलीले खोजी अभियान सुरु गरेको थियो । खोजतलासकै क्रममा गाउँ नजिकैको पोखरीमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार शवको अवस्था अत्यन्त शंकास्पद देखिएकाले घटनामाथि गम्भीर अनुसन्धान सुरु गरिएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

 

प्रारम्भिक अनुसन्धानमा बालकका आमाबुबाबीच विगत तीन वर्षदेखि पारिवारिक विवाद रहेको खुलेको प्रहरीले जनाएको छ । बालकका बुबा वैदेशिक रोजगारीमा रहेका छन् भने आमा माइतीमै बस्दै आएकी थिइन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३