भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण
कलैया ११ बैशाख
सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी आर्थिक रूपमा कमजोर एक कुर्मी परिवारलाई विवाह कार्यक्रमका लागि २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
उक्त परिवारकी छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि कानु युथ वीरगंजले आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।
कानु युथका सचिव श्रवण साह ले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।
सहयोग सामग्री अन्तर्गत चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको उनले जानकारी दिए।
कानु युथका अध्यक्ष मनोज साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

