KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। 

नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो । नेपालसहित बिमस्टेक राष्ट्रका ४०० भन्दा बढी रेडियोलोजी विज्ञ, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको यस सम्मेलनले क्षेत्रीयस्तरमा रेडियोलोजीको विकास र सहकार्यका लागि नयाँ ढोका खोलेको छ । सम्मेलनमा सहभागीहरूले रेडियोलोजी क्षेत्रमा भित्रिएका नवीन प्रविधि, चुनौती र अवसरका बारेमा घनीभूत छलफल गरेका थिए ।

https://www.khabarhub.com/wp-content/uploads/2026/04/800X100px-6-768x96.jpg 768w" alt="" width="800" height="100" fetchpriority="high" decoding="async" />

Call Us for Ads

सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त वक्ताहरूले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै नवीनतम ज्ञान र अनुभव साटासाट गरेका थिए। कार्यक्रमले सीमापार रेडियोलोजी सेवामा उत्कृष्टता, नवप्रवर्तन र आपसी समन्वयलाई सुदृढ बनाउने लक्ष्य राखेको आयोजक नेपाल रेडिलोजिस्ट एसोसिएसनका महासचिव डा. सरोज राज केसीले जानकारी दिए ।

कार्यक्रमलाई विभिन्न रेडियोलोजीसँग सहयोगी संस्थाहरूले समेत प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए । सम्मेलनको औपचारिक उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । 

बिम्स्टेक सहकार्य अन्तर्गत डा. तेजेन्द्र कार्कीलाई बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्षमा सर्वसहमतिले निर्बाचित गरिएको छ । सम्मेलनको अन्त्यमा ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

साथै, आगामी आयोजक राष्ट्र भारतलाई बिम्स्टेक झण्डा हस्तान्तरण गरिएको छ।  यी देशहरू बङ्गालको खाडी क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको बिम्स्टेक संगठनका सदस्य राष्ट्रहरू हुन्, जसले व्यापार, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा क्षेत्रीय विकास जस्ता विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ४७ बजे

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation