KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्ती हत्या प्रकरण : बार सञ्चालकसहित सात जनाको संलग्नता, तीन पक्राउ, चार फरार

दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्ती हत्या प्रकरण : बार सञ्चालकसहित सात जनाको संलग्नता, तीन पक्राउ, चार फरार

धनगढ़ी,दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा बार सञ्चालकसहित सात जनाको संलग्नता खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना हाल फरार रहेका छन्। फरार हुनेमा ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल तथा शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका राजेन्द्र डडाल रहेका छन्।

Call Us for Ads

प्रहरीले पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयलाई लिएर विवाद उत्पन्न भएको खुलेको छ। सोही विषयलाई लिएर आशिक पालले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको अनुसन्धानबाट देखिएको छ।

पक्राउ परेकाहरूले दिएको बयानअनुसार आशिक पाल र उनका भाइले मिलेर घर्तीमाथि कुटपिट गरी हत्या गरेको दाबी गरेका छन्। यद्यपि, उक्त बयानको सत्यापन प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

एसएसपी विष्टका अनुसार प्रहरी हवल्दार घर्तीको टाउकोमा धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनापछि फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation