KATHMANDU WEATHER
Horizontal Scroll Menu
धनुषाको ढल्केबरमा सुकुमवासीको प्रदर्शन

धनुषाको ढल्केबरमा सुकुमवासीको प्रदर्शन

२७ वैशाख, जनकपुरधाम । धनुषाको ढल्केबरमा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन् ।

उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका छन् ।

 

 

 

कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गरे । बसिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न उनको माग छ ।

‘सुकुमवासी व्यवस्थापनको लागि सरकारले लिएको नीति सह्रानीय छ । तर सुकुमवासीको घरमा डोजर लगाउनुभन्दा पहिले व्यवस्थापन गर्नुपर्‍यो बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ’ उनले भने ।

 

 

 

मिथिला नगरपालिका ३ दिनाभद्री सुकुम्बासी टोलका गोबिन्द सदाले वस्तीका डोजर नचलाउन र लालपुर्जा उपलब्ध गराउन आग्रह गरे ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३