KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
धनुषामा आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न चार जना पक्र

धनुषामा आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न चार जना पक्र

धनुषामा आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ परेका छन्।

Advertisement

 

Advertisement

धनुषामा आपराधिक लाभ लिएको र बाल यौन दुरुपयोगको सूचना पाए पछि खटिएको प्रहरी टोलीले कार्तिक ५ गते बिहान करिब ३ बजे घटनामा संलग्न रहेको आरोपमा चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अघि बढाएको हो।

Ad

 

Advertisement

प्रहरीका अनुसार आरोपितहरूले पीडितहरूलाई घेरा हाली भिडियो बनाएको, उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको तथा अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

 

त्यसैगरी, बालिकाको संवेदनशील अंगमा गलत मनसायले छुनेलगायतका हर्कत गरेको आरोपसमेत उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका – २० बस्ने २३ वर्षीय सुकन महतो, सोही स्थानका २६ वर्षीय सन्तोष कुमार दास,सोही स्थानका २२ वर्षीय पनेश कुमार महतो र सोही स्थानका ३० वर्षीय सुजित महतो रहेका छन्।

 

प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation