धितोपत्रपछि बीमा कसुरमा गोल्छामाथि छानबिन, दोस्रो पटक हिरासतमा
२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतको आदेश बमोजिम रिहा भएका व्यवसायी शेखर गोल्छालाई प्रहरीले अर्को कसुरमा अनुसन्धान गर्न भन्दै पुनः हिरासतमा लिएको छ ।
धितोपत्र सम्बन्धी कसुरमा सोमबार सर्वोच्चले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका गोल्छालाई बीमा सम्बन्धी कसुरमा संलग्नता देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालै नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार गोल्छालाई धितोपत्र कसुरमा अदालतले सफाइ नभई धरौटीमा रिहा गर्ने आदेश दिएको भए तापनि उनीमाथि बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान आवश्यक देखिएकाले पुनः थुनामा राखिएको छ ।
विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारका आधारमा गत वैशाख १० गते पहिलोपटक पक्राउ परेका गोल्छामाथि अब नयाँ शिराबाट कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३