KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

Advertisement

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रसाईंका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

Advertisement

अदालतले प्रसाईंलाई पक्राउ गर्नु नपर्ने आधार र कारण भए त्यसको प्रमाणसहित म्याद सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

Ad

प्रसाईंको पक्राउलाई लिएर उनका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरिएको थियो। उक्त निवेदनमा नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, काठमाडौंलाई विपक्षी बनाइएको छ।

Advertisement

अदालतको आदेशसँगै अब प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधारबारे सम्बन्धित निकायले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation