KATHMANDU WEATHER
Horizontal Scroll Menu
एमालेबाट पर्सा ३ मा उम्मेदवार बनेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको ‘कालोसूची’मा !

एमालेबाट पर्सा ३ मा उम्मेदवार बनेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको ‘कालोसूची’मा !

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कर्जा सुचना केन्द्रको कालोसूचिमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छन् । सोही कानुन अनुसार आगामी फागुन २१ मा गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनमा समानुपातिक सुचीमा सामेल रहेका २१ नामावली समेत काटिएको थियो । तर, एक जना उम्मेदवार भने कालोसूचिमा समावेश भएपनि उनको नाम काटिएको छैन ।

 

नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको कालोसूचिमा छन् । उनले संचालन गरेको आर.पी ट्रेड प्रा.लीले नियमाअनुसार बुझाउनुपर्ने कर्जा नतिरेको भन्दै नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उनलाई कालोसूचिमा राखेको हो । गत पुस ६ गते नै कर्जा नतिरे ३५ दिनभित्र कालोसुचिमा राख्ने भन्दै चेतावनीपूर्ण सुचना बैंकले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरेको थियो । तर, ३५ दिनभित्र पनि उनले कर्जा नतिरेपछि कर्जा सुचना केन्द्रले २०८२ माघ १८ गते कालोसूचिमा राखेको कागजात प्राप्त भएको छ ।

 

 

 

 

आरपी समुहको नामक कम्पनि मार्फत नेपाल भारत सिमा विरगन्जबाट लत्ताकपडा आयात गर्दै आएका पाण्डेमाथि राजश्व छली गरेको आरोप समेत लाग्दै आएको छ । पर्सा क्षेत्र नम्बर ३ बाट यसअघि निर्वाचित भएका एमाले सांसद राजकुमार गुप्ता ७६ लाख घुस प्रकरणमा अहिले डिल्लीबजार कारागार चलान भएका छन् । सोही क्षेत्रमा हाल नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डे यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए । नेपाली कांग्रेसले प्राध्यापक समेत रहेका सुरेन्द्र चौधरीलाई टिकट दिएपछि उनी एमाले प्रवेश गरेर टिकट लिएका थिए ।

 

कर्जा सुचना केन्द्रको कालोसूचिको विषयमा प्रतिक्रियाका लागि पाण्डेको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ छ । साभार : दियोपोस्ट

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३