KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् ।

 प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको अनलाइनखबरलाई जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।  त्यसलगत्तै ओलीकी पत्नी राधिका र लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

Call Us for Ads

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत  बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा उनीहरुलाई शर्तसहित छाड्न आदेश दिएको थियो । सँगसँगै ओली र लेखकको हिरासतलाई कानूनसम्मत ठान्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्विकार गरेको थियो ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation