गगन थापामाथि प्रहरी निगरानी बढेको कांग्रेसको दाबी, पक्राउ गर्ने तयारी भइरहेको आशंका
बिरगंज, पर्सा, १९ कार्तिक
आईजीपी परिवर्तनपछि थापा र उनको सचिवालयमाथि निगरानी तीव्र भएको दाबी, सम्भावित पक्राउको आशंकाबीच कांग्रेसले आन्तरिक छलफल र कानुनी परामर्श अघि बढायो।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरीले निगरानी बढाएको उनको सचिवालयले दाबी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका पछिल्ला कदमको आलोचना गर्दै आएका थापामाथि प्रहरी निगरानी तीव्र पारिएको कांग्रेस नेताहरूको भनाइ छ।
प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन भएसँगै थापामाथिको निगरानी थप बढेको सचिवालयका सदस्यहरूले बताएका छन्। उनीहरूका अनुसार न्यौपाने थरका एक जना डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले पछिल्ला चार–पाँच दिनदेखि थापाका गतिविधि पछ्याउँदै आएको छ।
थापाको निवास, सम्पर्क कार्यालय, पार्टी कार्यालय तथा उनी नियमित भेटघाट गर्ने स्थानमा समेत प्रहरीले निगरानी गरिरहेको सचिवालयको दाबी छ।
सचिवालयका एक सदस्यले बुधबार साँझ नेपालखबरसँग कुरा गर्दै थापाको गतिविधिमाथि प्रहरीले निरन्तर निगरानी गरिरहेको बताएका थिए। उनका अनुसार मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदासमेत थापालाई प्रहरीले पछ्याएको थियो।
पक्राउ गर्ने तयारी भइरहेको सुरक्षा स्रोतको दाबी
सुरक्षा निकायका एक उच्च अधिकारीले प्रधानमन्त्री शाहको टिममा कांग्रेस सभापति थापालाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको सूचना आफूले पाएको बताएका छन्।
ती अधिकारीका अनुसार आईजीपी परिवर्तनपछि सरकारले केही नेताहरूलाई पक्राउ गर्ने तयारी गरेको हुन सक्ने आशंका छ। तिहारअघि नै केही व्यक्तिलाई पक्राउ गर्ने योजनाअनुसार प्रहरी नेतृत्व परिवर्तन गरिएको उनको दाबी छ।
सुरक्षा स्रोतका अनुसार इनम सापकोटाको बयानबारे सोधपुछ गर्ने नाममा थापालाई केही दिन प्रहरी हिरासतमा राख्ने विषयमा समेत प्रधानमन्त्री कार्यालयमा प्रारम्भिक छलफल भएको हुन सक्ने बताइएको छ।
यद्यपि थापालाई पक्राउ गर्ने कुनै औपचारिक निर्णय भएको वा प्रहरीले त्यसबारे सार्वजनिक सूचना दिएको पुष्टि भएको छैन।
थापानिकट कांग्रेसका एक नेताले मंगलबार साँझ नै पक्राउ गर्ने तयारी भएको जानकारी आफूहरूले पाएको बताएका छन्। प्रधानमन्त्रीको सचिवालयमा कुरा नमिलेका कारण त्यस दिन पक्राउ नगरिएको सूचना आएको उनको भनाइ छ।
'कुनै पनि बेला प्रहरीले समात्न सक्छ भन्नेमा हामी स्पष्ट छौँ। तर, उनीहरूको भय र भ्रमको शासनसँग डराउने कुरा छैन,' ती नेताले भने।
बालेन सरकारसँग गगनको वाकयुद्ध
पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह र कांग्रेस सभापति थापाबीच सामाजिक सञ्जालमार्फत राजनीतिक टकराव देखिएको छ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको कांग्रेस पक्षको आरोप छ। यही विषयलाई लिएर कांग्रेस सरकारप्रति थप आक्रामक बनेको हो।
कात्तिक १५ गते थापाले सरकारविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनीमाथि निगरानी बढाइएको उनको सचिवालयको दाबी छ।
प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै केही व्यक्तिलाई उम्किन नदिने चेतावनी दिएका थिए।
'सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' शाहले लेखेका थिए।
त्यसको जवाफमा थापाले सोमबार साँझ ६ बजे सामाजिक सञ्जालमार्फत लेखेका थिए, 'अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।'
पक्राउको आशंकाबीच कांग्रेसको आन्तरिक छलफल तीव्र
सरकारले आफूलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने आशंका बढेपछि थापाले पार्टीभित्र आन्तरिक छलफल र परामर्शलाई तीव्र बनाएका छन्।
उनले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए भने बिहीबारका लागि पदाधिकारी बैठकसमेत बोलाएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन हुनुपर्ने माग कांग्रेसले अघि सारेको छ।
छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्याउन कांग्रेसले उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।
आङ्देम्बेले मंगलबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा सरकारले लोकतन्त्रविरोधी कदम चालेको अवस्थामा संसद्मा एकमत भएर प्रस्तुत हुने विपक्षी दलहरूको निष्कर्ष रहेको बताइएको छ।
यता उपसभापति भुसालले पनि पार्टी र नेतृत्वविरुद्ध सरकारबाट षड्यन्त्र भइरहेको आरोप लगाउँदै कानुनी परामर्श अघि बढाएकी छन्।
सरकार र कांग्रेसबीच बढ्दो राजनीतिक टकरावका बीच सभापति थापामाथि निगरानी र सम्भावित पक्राउको चर्चाले राजनीतिक वृत्त थप तरंगित बनेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






