KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
हर्मुजमा इरानले बिछ्याएको बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

हर्मुजमा इरानले बिछ्याएको बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

अमेरिकाले स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरूङ (माइन) हटाउन ६ महिनासम्म लाग्न सक्ने अनुमान गरेको छ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले  सांसदहरूलाई गोप्य ब्रिफिङका क्रममा  इरानसँग युद्धपछि अवरूद्ध बनेको हर्मुजबाट बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने भनेर जानकारी दिएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस र अखबार द वासिङ्टन पोस्टले जनाएको छ।

पेन्टागनका अधिकारीहरूले तल्लो सदनअन्तर्गतको हाउस आर्म्ड सर्भिसेस कमिटीलाई मंगलबार गोप्य ब्रिफिङ गरेका थिए।

Call Us for Ads

त्यस क्रममा इरानले हर्मुज क्षेत्रमा २० वा सोभन्दा बढी बारूदी सुरूङ बिच्छ्याएको हुनसक्ने र त्यसलाई हटाउन महिनौं लाग्न सक्ने जानकारी गराइएको थियो। उक्त ब्रिफिङपछि सांसदहरूले युद्धको लागत, रणनीति र लक्ष्यबारे थप प्रश्न उठाएको एपीले जनाएको छ।  

ती बारूदी सुरूङहरू जीपीएस प्रविधिमार्फत टाढाबाट सञ्चालन गर्न मिल्ने खालका रहेको र यसले गर्दा पत्ता लगाउन अझै कठिन हुने उनीहरूले बताएका छन्।

केही सुरूङ साना डुंगामार्फत समुद्रमा राखिएको हुनसक्ने द वासिङ्टन पोस्टले जनाएको छ।

इस्लामावादमा पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा नौसेनाले इरानको वारूदी सुरूङ हटाइरहेको भनेर घोषणा गरेका थिए।

उनले सामाजिक सञ्जालमार्फत इरानले नै अमेरिकाको सहयोगमा सुरूङ हटाइरहेको दाबी गरेका थिए। तर पेन्टागनको पछिल्लो आकलनले यस्तो दाबीमाथि प्रश्न उठाएको छ।

हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत तेल–ग्यास पैठारी हुने मुख्य मार्ग हो। यस्तो अवस्थामा सुरूङ हटाउन लामो समय लाग्ने भएपछि युद्ध समाप्त भए पनि यसको आर्थिक प्रभाव वर्षभरि वा सोभन्दा लामो समयसम्म रहने अनुमान गरिएको छ।

युद्ध सुरू हुनु अघि अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन करिब २.९८ डलर रहेकोमा हाल बढेर ४.०२ डलर पुगेको छ। मूल्यवृद्धि तत्काल घट्ने सम्भावना कम रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

यद्यपि पेन्टागनले सार्वजनिक रूपमा भने बारूदी सुरूङ हटाउन कठिन नरहेको बताउँदै आएको छ। तर गोप्य ब्रिफिङमा भने अधिकारीहरूले नै सांसदहरूलाई यस्तो जानकारी दिइएको पुष्टि गरेका छन्।

यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले यस विषयमा सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको भनेर वासिङ्टनपोस्टले लेखेको छ।   

विश्लेषकहरूका अनुसार सुरूङको जोखिम रहिरहेसम्म जहाज सञ्चालक, बीमा कम्पनी र चालकदल हर्मुजमार्ग प्रयोग गर्न हिच्किचाउनेछन्। जसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्ति शृंखलामा दीर्घकालीन असर पार्ने देखिएको छ।

हाल इरानले हर्मुज बन्द गरेको घोषणा गर्दै केही जहाजमाथि आक्रमणसमेत गरेको छ, जसका कारण समुद्री आवतजावत पुनः ठप्पजस्तै बनेको छ।

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता अनिश्चित रहँदा हर्मुज क्षेत्र विश्व अर्थतन्त्रका लागि प्रमुख संकट बन्दै गएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation