KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी रेर आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ ।

 

उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द गर्नुपरेको थियो ।

Call Us for Ads

 

उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । उक्त उद्योगले सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्करको उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ ।

 

उद्योगमा सिमेन्ट उत्पादन गर्ने कार्य नियमित आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको जनाउँदै बाँकी नपुग कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले राससलाई जानकारी दिए ।

 

उनका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न तत्काल आर्थिक सङ्कटको भार व्यहोर्नुपरेकाले सिमेन्ट उत्पादनमा अवरोध उत्पन्न हुँदै आएको हो । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेको जनाउँदै उहाँले अहिले विभिन्न उपकरण जीर्ण भएकाले दैनिक ११ हजार बोरामात्र उत्पादन हुने गरेको उल्लेख गरियो ।

 

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट विसं २०४३ मङ्सिर २६ गते उक्त उद्योगबाट उत्पादन हुने सिमेन्टको व्यावसायिक शुभारम्भ गरिएको थियो ।

 

तत्कालीन सरकारले हेटौँडा सिमेन्ट उद्योगका लागि रु एक अर्ब ५० करोड लागतमा निर्माण सम्पन्न गरिएको थियो । उक्त उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत विभिन्न सहरका उपझोक्तालाई बिक्रीवितरण गर्दै आइएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation