KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
जनताको समस्या सुन्न मन्त्री आफैँ जनतामाझ पुग्नुपर्छ : मन्त्री रावल

जनताको समस्या सुन्न मन्त्री आफैँ जनतामाझ पुग्नुपर्छ : मन्त्री रावल

बिरगंज, पर्सा, ९ कार्तिक 

Advertisement

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताले मन्त्रीलाई भेट्न धाउनुपर्ने नभई मन्त्री स्वयं जनतामाझ पुगेर उनीहरूका समस्या सुन्नुपर्ने बताएकी छन्।

Advertisement

 

Ad

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरिरहेका काम, आगामी योजना तथा जनताको हितमा चालिएका कदमबारे नागरिकलाई जानकारी गराउन आफू जनतामाझ पुगेको बताइन्।

Advertisement

 

Advertisement

उनका अनुसार सरकारको प्राथमिकतामा भूमिहीन नागरिकका समस्या समाधान गर्ने तथा सहकारी पीडितको बचत फिर्ता गर्ने विषय रहेका छन्।

 

समस्याग्रस्त सहकारीमा बचत गरेका नागरिकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री रावलले उक्त कार्यलाई थप तीव्रता दिइने बताइन्। लामो समयदेखि बचत फिर्ता नपाएर पीडामा रहेका नागरिकलाई राहत दिन सम्बन्धित सहकारीमाथि आवश्यक दबाब दिनुपर्नेमा उनले जोड दिइन्।

 

मन्त्री रावलले सरकारका योजना र कार्यप्रगतिबारे जनतालाई प्रत्यक्ष जानकारी गराउनु आवश्यक रहेको बताउँदै नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

 

भूमिहीन नागरिकको समस्या सम्बोधन गर्ने विषयमा बोल्दै उनले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई सोही स्थानको जग्गाको स्वामित्व उपलब्ध गराउने प्रक्रियामा रहेका कानुनी जटिलता हटाउन काम भइरहेको जानकारी दिइन्।

 

उनले आवश्यक नीतिगत सुधार गरिसकिएको र कार्यान्वयनका क्रममा देखिने अवरोधसमेत समाधान गर्दै सरकार अघि बढ्ने बताइन्।

 

भूमिहीन नागरिकलाई बसोबास गरिरहेको स्थानबाट हटाइने हो कि भन्ने आशङ्का नगर्न आग्रह गर्दै मन्त्री रावलले जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाइने स्पष्ट पारिन्।

 

मन्त्री रावलका अनुसार जनताको समस्या बुझ्न, सरकारी कामबारे जानकारी दिन र नागरिकका अपेक्षा सम्बोधन गर्न मन्त्री स्वयं जनतामाझ पुग्नु आवश्यक छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation