जितपुरको नहरमा ५६ वर्षीय हरिनारायण सहनी मृत फेला
कार्तिक ४ जितपुर, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय हरिनारायण सहनी रहेका छन्। प्रहरीका अनुसार २०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे सहनीका छोरा राम विनय सहनीले नहरमा बुबालाई मृत अवस्थामा देखेपछि शवलाई नहरबाट निकालेर डिलमा राखेका थिए। त्यसपछि बिहान ६ः२० बजे इलाका प्रहरी कार्यालय जितपुर, बारालाई घटनाबारे जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको थियो भने आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा सोको (SOCO) सहित पाँच जनाको टोली खटिएको थियो।
प्रहरी टोलीले बिहान ८ः१५ बजे प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो।
बिहान ११ः२५ बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतकका छोरा विनय सहनीले शव बुझिलगेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






