KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
जीतपुरसिमरा उपमहानगरपालिका मा वडास्तरमै प्रशासनिक अधिकार विस्तार

जीतपुरसिमरा उपमहानगरपालिका मा वडास्तरमै प्रशासनिक अधिकार विस्तार

२२ वैशाख,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका ले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ। प्रमुख प्रशासनिक अधिकृत डमरु प्रसाद निरौला द्वारा हस्ताक्षरित निर्णयअनुसार सबै वडा कार्यालयलाई सेवा सरल, सहज र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी प्रदान गरिएको हो।

 

यस व्यवस्थासँगै अब सामान्य प्रशासनिक कामका लागि सेवाग्राहीले उपमहानगरपालिकाको मुख्य कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम हुने भएको छ। नागरिकहरूले आफ्नै नजिकको वडा कार्यालयबाटै अधिकांश सेवा प्राप्त गर्न सक्नेछन्।

 

निर्णयअनुसार वडा कार्यालयहरूले एक करोड रुपैयाँसम्मका व्यवसाय दर्ता, नवीकरण तथा इजाजतपत्र प्रदान गर्ने अधिकार पाएका छन्। साथै घरधनी र बहालमा बस्ने पक्षबीचको सम्झौता अभिलेख गर्ने, बहाल करको नियमित अनुगमन तथा असुली गर्ने तथा राजस्व संकलनसम्बन्धी समस्या समाधान र समन्वय गर्ने जिम्मेवारी पनि वडालाई दिइएको छ।

Call Us for Ads

त्यसैगरी नक्सा पाससम्बन्धी प्राविधिक विवरण तथा कागजात वडा तहमै सुरक्षित राख्ने, नक्सा अभिलेख नवीकरण र स्वीकृतिका लागि आवश्यक प्रारम्भिक प्रक्रिया वडाबाटै अघि बढाइने व्यवस्था गरिएको छ।

व्यक्तिगत घटनाहरू—जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ—सम्बन्धी दर्ता तथा अभिलेख व्यवस्थापन पनि वडा कार्यालयबाटै हुने भएको छ। यी विवरणहरू अनलाइन प्रणाली र भौतिक दर्ता किताब दुवैमा व्यवस्थित रूपमा राखिनेछन्। साथै जनसंख्या व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी आवधिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी समेत वडालाई दिइएको छ।

उपमहानगरपालिकाले यस कदमले सेवा प्रवाहलाई छरितो बनाउनुका साथै नागरिकको समय र खर्च बचत हुने विश्वास व्यक्त गरेको छ।

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation