ज्यान मार्ने उद्योगमा दुई आरोपित पक्राउ
सप्तरीको कञ्चनरूप नगरपालिका –८ निवासी दुई जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ गरेको छ । सोही वाडको विद्युत् कार्यालय नजिक झैझगडा तथा कुटपिट गरी ज्यान मार्नेसम्मको कसुर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार गत बुधबार राति करिब ९ः१० बजे भएको कुटपिटमा कञ्चनरूप नगरपालिका –८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो । घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा घटनाको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले सोही ठाउँका १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






