कांग्रेस छाडेका लाखौँ समर्थकलाई पार्टीमा फर्काउँछौँ : गगन थापा
बिरगंज, पर्सा, २४ असोज
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र काम गर्ने तरिका परिवर्तन गर्दै कांग्रेस छाडेका लाखौँ समर्थक तथा शुभचिन्तकलाई पुनः पार्टीमा फर्काउने बताएका छन्।
सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले कांग्रेसभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले पार्टीलाई जनताको विश्वास जित्ने र सबै वर्ग तथा समुदायको आवाज उठाउने राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताए।
थापाले महाधिवेशनमा व्यक्त भएका विचार तथा सुझावलाई समेटेर केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट पार्टीको कार्ययोजना तयार गरिने जानकारी दिए।
‘हामीले काम गर्ने तरिका बदल्नेछौँ। काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला हामीसँग रहेका साथीहरूको भरोसा अझै माथि उठाउनेछौँ,’ उनले भने, ‘वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभएका तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर छोडेर जानुभएका लाखौँ मानिसलाई हामी फर्काउँछौँ।’
उनले कांग्रेसप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट टाढिएका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई पुनः जोड्ने वातावरण बनाउने बताए। कांग्रेसको कार्यालय, घर र परिवारमा सहज रूपमा फर्किन सक्ने अवस्था सिर्जना गर्ने संकल्पसहित आफूहरूले नयाँ यात्रा सुरु गरेको उनको भनाइ थियो।
कांग्रेसको गौरवशाली इतिहास भए पनि विगतको उपलब्धिमा मात्र निर्भर भएर राजनीति नगर्ने थापाले स्पष्ट पारे। अब पार्टीले आफ्नै काम र उपलब्धिमार्फत नयाँ इतिहास निर्माण गर्ने उनको भनाइ छ।
‘हामी इतिहासको ब्याज खान आएका होइनौँ। इतिहासलाई रटेर पनि बस्दैनौँ। हामी नयाँ इतिहास आफैँ रच्छौँ,’ उनले भने।
थापाले युवा, किसान, उद्यमी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको विश्वास जित्ने पार्टी निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। किसानले आफ्ना समस्या र मुद्दा उठाउने पार्टीका रूपमा कांग्रेसलाई चिन्ने तथा उद्यमीले गुमेका अवसर पुनः प्राप्त गर्न सक्ने विश्वास गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
त्यसैगरी, उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनप्रति कांग्रेस दृढ रहने उल्लेख गरे। पार्टीमा आबद्ध कुनै व्यक्तिले गैरकानुनी काम गरे त्यसको जिम्मेवारी पार्टीले नभई सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको स्पष्ट भनाइ थियो।
‘कुनै व्यक्तिले गलत काम गर्छ, कुनै व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ। पार्टीले त्यो भारी बोक्दैन,’ थापाले भने।
थापाको सम्बोधनले कांग्रेसलाई नयाँ कार्यशैली, आन्तरिक संस्कार र जवाफदेहितामार्फत जनताको विश्वास पुनः स्थापित गर्ने दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






