क्यानले गर्यो टिकटमा भारी कटौती: नेपालको खेल अब मात्र २०० मा हेर्न पाइने
२७ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि टिकटको मूल्य उल्लेख्य रूपमा घटाएको छ ।
दर्शकको उपस्थिति बढाउने उद्देश्यले क्यानले नेपालका खेलहरूका लागि २ सय र अन्य देशबीचका खेलका लागि १ सय रुपैयाँ मात्र शुल्क तोकेको हो । यसअघिका शृङ्खलामा महँगो टिकटका कारण दर्शकको न्यून उपस्थिति देखिएपछि यस पटक क्यानले सुरुबाटै सस्तो दर कायम गरेको हो ।
मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु हुने यस शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी जस्ता मुख्य खेलाडीहरू समावेश छन् ।
नेपालले आफ्नो पहिलो खेल मंगलबार स्कटल्यान्डसँग र दोस्रो खेल शनिबार अमेरिकासँग खेल्ने तालिका छ । सस्तो टिकट र बलियो टोलीको उपस्थितिले मैदानमा दर्शकको उत्साहजनक सहभागिता रहने क्यानको विश्वास छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३