लाल बकैया नदीमा डुबेका तीन बालबालिकामध्ये दुईको शव भेटियो, रौशन अझै बेपत्ता
रौतहट । रौतहटमा लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् ।
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलमा मंगलबार दिउँसो नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए ।
घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुलनजिक बुधबार बिहान करिब साढे ६ बजे दुई बालबालिकाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको हो ।
उनीहरूसँगै नदीमा डुबेकी शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता छिन् । उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीको विभिन्न क्षेत्रमा खोजी अभियान जारी राखेको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक भट्टराईको कमाण्डमा ९ जना प्रहरी परिचालन गरिएको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खोजी तथा उद्धारमा खटिएको थियो ।
बेपत्ता बालिकाको खोजीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट असई भीमबहादुर पुनको कमाण्डमा ९ सदस्यीय डुबान उद्धार (डीएम) टोली रबर बोर्डसहित घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौशनको खोजीलाई तीव्र बनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ ।
पछिल्लो समय लाल बकैया नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रमा जोखिमसमेत बढेको छ । बालबालिका नदी तथा खोलामा नुहाउन र पौडी खेल्न जाने क्रम बढ्ने भएकाले अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।
यस घटनाले नदी, खोला तथा अन्य जलाशयमा बालबालिकाको सुरक्षाका लागि स्थानीयस्तरमा निगरानी र सचेतना थप आवश्यक रहेको देखाएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

