KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
लुम्बिनी प्रदेशमा प्रशासनिक पुनर्संरचना: दुई सचिवको जिम्मेवारी हेरफेरसहित नयाँ कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेशमा प्रशासनिक पुनर्संरचना: दुई सचिवको जिम्मेवारी हेरफेरसहित नयाँ कार्यविधि स्वीकृत

२४ बैशाख, काठमाडौं ।  लुम्बिनी प्रदेशमा प्रशासनिक पुनर्संरचनाः दुई सचिवको जिम्मेवारी हेरफेरसहित नयाँ कार्यविधि स्वीकृत२४ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संयन्त्रलाई चुस्त बनाउन महत्वपूर्ण नियुक्ति र कार्यविधिहरू पारित गर्दै नयाँ निर्णयहरू सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले कर्मचारी प्रशासन र विकास पूर्वाधारसँग जोडिएका प्रस्तावहरूमाथि छलफल गर्दै केही महत्वपूर्ण जिम्मेवारी हेरफेर गरेको हो । बैठकले कर्मचारीको अध्ययन बिदा र प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ कानुनी आधार तयार पारेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिनुभयो ।

बैठकको मुख्य निर्णयअनुसार प्रदेशका दुई महत्वपूर्ण मन्त्रालयमा सचिवहरूको नयाँ पदस्थापन गरिएको छ । राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी सुम्पिने निर्णय भएको छ ।

Call Us for Ads

यसका साथै यातायात क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको रूपमा जिम्मेवारी तोकिएको छ । यो प्रशासनिक हेरफेरले प्रदेशको पूर्वाधार र कृषि क्षेत्रका योजनाहरू कार्यान्वयनमा थप गति दिने सरकारको विश्वास छ ।

मन्त्रिपरिषद्ले कर्मचारीहरूको वृत्ति विकासलाई ध्यानमा राख्दै ुअध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३ु लाई समेत स्वीकृति दिएको छ। यसका साथै, स्थानीय तहको मागलाई सम्बोधन गर्दै गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधारतर्फ, प्रदेश प्रशासनिक परिसरभित्र भर्खरै निर्माण सम्पन्न भएका भवनहरूबाट छिटो सेवा प्रवाह सुरु गर्नका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय समेत भएको छ, जसले प्रदेशको मुकामबाट हुने प्रशासनिक कार्यलाई थप सहज र व्यवस्थित बनाउनेछ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation