KATHMANDU WEATHER
Horizontal Scroll Menu
.. मधेस सरकारबाट जनमत पार्टीको... जनकपुर,२४ वैशाख  । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले... अझै दुई हप्ता वर्षा... काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जारी वर्षा र बदलीको क्रम अझै... संघीयता खारेज

.. मधेस सरकारबाट जनमत पार्टीको... जनकपुर,२४ वैशाख । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले... अझै दुई हप्ता वर्षा... काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जारी वर्षा र बदलीको क्रम अझै... संघीयता खारेज

काभ्रेपलाञ्चोक,२४ वैशाख । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि बिहीबार बिहान सञ्चालनमा आए पनि पानीको बहाव बढेपछि पुनः बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमनराज अधिकारीका अनुसार रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर बिहानदेखि सवारी आवागमन खुलाइएको थियो। तर लगातार वर्षा र खोलाको सतह बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राख्दै पुनः यातायात रोकिएको हो।

गत सोमबार परेको अविरल वर्षापछि आएको बाढीले राजमार्गको विभिन्न भागमा क्षति पुर्‍याउँदै सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। वर्षा जारी रहेकाले प्रहरीले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

विशेषगरी रोशी क्षेत्रको करिब चार किलोमिटर भागमा बनाइएको अस्थायी डाइभर्सन वर्षा बढ्नासाथ जोखिममा पर्ने भएकाले समय–समयमा यातायात बन्द गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ। राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। हाल सो क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३