मलेशियामा बितेका पर्सागढीका थारुको शव नेपाल ल्याउन सांसद कानुले थाले पहल
वीरगन्ज,२९भदाैं:पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९ बडेर्वाका शिव महतो थारुका छोरा ध्रुब महतो थारुको मलेसियामा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेका छन्।
मलेसियामा चार दिनअघि ध्रुब महतो थारुको निधन भएको खबर पाएलगत्तै सांसद कानुले सोमबार उनको घरमा पुगेर परिवारजन तथा स्थानीयवासीसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा सांसद कानुले दुःखको यस घडीमा आफू परिवारको साथमा रहेको बताउँदै धैर्य धारण गर्न आग्रह गरे।
सांसद कानुले मलेसियामा निधन भएका ध्रुब महतो थारुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल तथा समन्वयका लागि आफू सक्रिय रूपमा लागिरहेको बताए । शव नेपाल ल्याउने प्रक्रियामा सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरिने उनले बताए ।
विदेशमा रोजगारीका क्रममा परिवारका सदस्य गुमाउनुपर्दा परिवारजनमा परेको पीडाप्रति संवेदनशील हुँदै सांसद कानुले मृतकको शव नेपाल ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






