KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मोटर जडान गरिएको धारामा करेन्ट लाग्दा बाराको पचरौतामा एक युवकको मृत्यु

मोटर जडान गरिएको धारामा करेन्ट लाग्दा बाराको पचरौतामा एक युवकको मृत्यु

११असोज, बारा। बाराको पचरौता नगरपालिकामा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर एक २५ वर्षीय युवकको मृत्यु भएको छ।

Advertisement

मृतक महागढीमाई नगरपालिका-८ बेतौना बस्ने हकबुला देवनका २५ वर्षीय छोरा राजु देवन रहेका छन्।

Advertisement

 

Ad

प्रहरीका अनुसार, पचरौता नगरपालिका-८ बाझोपटी स्थित साथी दुर्गा प्रसाद यादवको घरमा गएका देवन धारामा पानी खाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते लगत्तै दुर्गा प्रसादका भाइ बालेश्वर यादवले उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए। तर, अस्पतालका चिकित्सकले इसीजि (ECG) परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्।

Advertisement

 

Advertisement

प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको मृतकको शव असोज ११ गते दिउँसो पोष्टमार्टमपश्चात निजका दाजु इजहारुल देवानले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे प्रहरी टोलीले घटनास्थल मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation