KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
नवयुवा आन्दोलनको एक वर्ष पूरा, सुशासन र जवाफदेहिताको मुद्दा अझै बहसमा

नवयुवा आन्दोलनको एक वर्ष पूरा, सुशासन र जवाफदेहिताको मुद्दा अझै बहसमा

पर्सा , भदौ २३ –

 

भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको आज एक वर्ष पूरा भएको छ । सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक जवाफदेहिता, रोजगारी र राज्य सञ्चालनमा युवाको सहभागिताजस्ता विषयमा केन्द्रित भएको थियो ।

Call Us for Ads

 

आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए भने निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको थियो । आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका ज्यान गुमाएका युवाको सम्झनामा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

एक वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने बताएकी छन् । उनले राजनीतिक स्थायित्व संसदीय गणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने उल्लेख गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छन् ।

 

कार्कीले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । साथै, आन्दोलनको क्षतिपछि फेरि भोटेकोशी बाढीको पीडा थपिएको उल्लेख गर्दै विपद्का बेला धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न आह्वान गरेकी छन् ।

 

आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका विषय राज्य सञ्चालनको बहसमा आए पनि युवाले खोजेको परिवर्तन अझै पूर्ण रूपमा संस्थागत हुन नसकेको टिप्पणी हुँदै आएको छ । यसैबीच, बाढीपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation