KATHMANDU WEATHER
Horizontal Scroll Menu

नेकपा एमालेको घरदैलो तथा जनतादर्शन कार्यक्रम सम्पन्न;शिक्षा,स्वास्थ,बिकास पहिलो प्राथमिकता;रिमा यादव

नेकपा एमाले पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्।नेकपा एमालेका उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका  वडा नं. १७अन्तर्गत पर्ने अलौमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकी छिन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता  रहेको थियो। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास र महिलाको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाएका हुन्।घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको साथ, युवापुस्ताको उत्साह र वृद्धवृद्धाको विश्वासले परिवर्तनको अपेक्षा झनै प्रस्ट देखिएको यादवले बताईन।कार्यक्रमका क्रममा उम्मेदवार यादवले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सम्मानजनक जीवन र अवसरको समान पहुँच र शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।कार्यक्रमलाई स्थानीयले चुनावी प्रतिस्पर्धाभन्दा पनि अधिकार, सम्मान र उज्यालो भविष्यका लागि उठेको साझा आवाजका रूपमा लिएको बताएका छिन् । जनसमर्थन र शुभेच्छाले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् ।

अलौमा नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा करिव ५ सयको सँख्यामा मतदाहरुको ठुलो मात्रामा सहभागिता रहेको थियो। कार्यक्रममा सोही वडाबाट निर्वाचित वडाध्यक्ष सन्जु छ्त्कुली वडा सदस्य शेष नेसार अहमद अमोद यादव लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि ठुलो उपस्थिती रहेको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३