KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

बिरगंज, पर्सा, ६ कार्तिक 

Advertisement

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध घनिष्ठ, विशेष र ऐतिहासिक रहेको बताएका छन्। दुई देशबीच कहिलेकाहीँ उतारचढाव देखिए पनि सम्बन्धको आधार बलियो रहेको उल्लेख गर्दै उनले आपसी सहकार्य र आर्थिक एकीकरणलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

Advertisement

 

Ad

भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले नेपाल र भारतबीच भौगोलिक निकटतासँगै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए। उनले नेपाल–भारत सम्बन्धलाई अन्य कुनै दुई देशबीचको सम्बन्धसँग तुलना गर्न कठिन रहेको धारणा व्यक्त गरे।

Advertisement

 

Advertisement

उनले नेपालमा प्राकृतिक विपद्का बेला भारतले गर्दै आएको सहयोगको प्रशंसासमेत गरे। सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैका बाढीपहिरोसम्म भारतले संकटका समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।

 

वाग्लेका अनुसार सन् २०१५ को भूकम्पपछि केही घण्टाभित्रै भारतबाट राहत सामग्री बोकेको विमान काठमाडौं आइपुगेको थियो। त्यस्तै, हालै रसुवामा गएको भोटेकोशी बाढीपछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको प्रतिबद्धता जनाएका थिए।

 

‘नेपाल–भारत सम्बन्धको आधार बलियो छ’

 

मन्त्री वाग्लेले दुई देशबीच विभिन्न विषयमा समस्या देखिए पनि त्यसले समग्र सम्बन्धलाई कमजोर नबनाउने बताए।

 

‘कहिलेकाहीँ उतारचढाव आउन सक्छन्, तर हामी एकअर्कासँग अभिन्नरूपमा जोडिएका छौं,’ उनले भने।

 

उनले नेपाली राष्ट्रियतालाई भारतविरोधी भावनासँग जोडेर हेर्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने धारणा पनि व्यक्त गरे। ‘एक समय हामी नेपाली राष्ट्रियतालाई भारतविरोधी भावनासँग जोडेर हेर्थ्यौँ। त्यो समय अब समाप्त भएको छ,’ उनले भने।

 

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको उल्लेख गर्दै वाग्लेले प्रधानमन्त्री शाहले छिट्टै भारत भ्रमण गर्ने विश्वास व्यक्त गरे। उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उनको अपेक्षा छ।

 

दक्षिण एसियाली आर्थिक एकीकरणमा जोड

 

अर्थमन्त्री वाग्लेले दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य र आर्थिक एकीकरण विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। यसका लागि उनले युरोपेली संघको उदाहरण प्रस्तुत गर्दै वस्तु, सेवा, मानिस, विचार र पुँजीको आवागमनलाई सहज बनाउने व्यवस्था आवश्यक रहेको बताए।

 

दक्षिण एसियाली देशहरूबीच आर्थिक तथा व्यापारिक अवरोध घटाउन सके सबै मुलुकले त्यसबाट लाभ लिन सक्ने उनको भनाइ थियो।

 

भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ

 

मन्त्री वाग्लेले भारतको तीव्र आर्थिक विकासले नेपालका लागि पनि नयाँ अवसर सिर्जना गर्ने बताए। विशेषगरी भारतमा विस्तार भइरहेको मध्यमवर्गीय जनसंख्याबाट नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने उनको धारणा छ।

 

भारतको आर्थिक समृद्धि नेपालका लागि महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले त्यसको लाभ लिन दुई देशबीच व्यापारिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

 

उनका अनुसार नेपाल र भारतबीचको सम्बन्धलाई राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित नराखी व्यापार, पर्यटन, लगानी र क्षेत्रीय सहकार्यका क्षेत्रमा समेत विस्तार गर्न आवश्यक छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation