KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिने बढे, एक वर्षमै १२६४ जनाले छाडे सेवा !

नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिने बढे, एक वर्षमै १२६४ जनाले छाडे सेवा !

२३ साउन।  नेपाल प्रहरीमा तोकिएको सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जानेभन्दा अवधि नपुग्दै राजीनामा दिएर संगठन छाड्ने प्रहरी कर्मचारीको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा ६८१ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने १ हजार २६४ जनाले राजीनामा दिँदै सेवा छाडेका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पछिल्लो समय सेवा अवधि पूरा हुनुअघि नै प्रहरी संगठनबाट बाहिरिने कर्मचारीको संख्या बढ्दै गएको छ।

Call Us for Ads

तथ्यांकअनुसार अनिवार्य अवकाश पाउने प्रहरीको तुलनामा ५८३ जना बढीले राजीनामा दिएका छन्। यसलाई अनुपातमा हेर्दा अनिवार्य अवकाशमा जाने प्रत्येक १० प्रहरीको तुलनामा करिब १९ जना प्रहरी कर्मचारीले सेवा अवधि पूरा हुनुअघि नै संगठन छाडेको देखिन्छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारीले बीचमै सेवा छाड्नुका पछाडि विभिन्न कारण छन्। ३० वर्षे सेवा अवधि, उमेरहद, बढ्दो कार्यबोझ तथा वैदेशिक रोजगारीप्रतिको आकर्षण लगायतका कारण तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी कर्मचारीले सेवा अवधि पूरा हुनुअघि नै राजीनामा दिने क्रम बढेको बताइएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation