KATHMANDU WEATHER
Horizontal Scroll Menu
पर्सामा एसपी पाठकको ९ महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

पर्सामा एसपी पाठकको ९ महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

पर्सा २४ जेठ 

जिल्ला प्रहरी कार्यालय पर्सामा अहिले प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेका छन । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र ढुवानी गर्ने ब्यक्ति माथि कारवाही चलाउन थाले पछि पर्साबाट तस्करी धेरै हद सम्म नियन्त्रणमा आएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार असोज ७ गते देखि जेठको २४ गते सम्म ४३ करोड ९८बलाख ६७ हजार ४ सय ५० रुपैया बराबरको भन्सार छली तथा चोरी निकासीका समान भन्सार पठाईएको छ । प्रहरी उपरीक्षक पाठक असोज ७ गते देखि जेठको २४ गते सम्म प्रहरीले अवैध ओसारपसारमा संलग्न भएको ४९ वटा सवारी साधन  र कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कारवाहीको लागि पठाएको छ ।

 

मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठक आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यस अघि जिल्लाको विभिन्न क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी ठप्प प्राय रहेको छ ।पाठकको कडा प्रहारले तस्करहरुको मनोबल खस्किएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व गरिरहेका एसपी पाठकले  लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कडा कदम चाली गाँजा ७९९ किलो ४० ग्राम , चरेश २६९ किलो ४०० ग्राम, ब्राउन सुगर ४१ ग्राम ६८९मिलीग्रा, फेनारगन ३५० एम्पुल, डाईजेपाम ३५० एम्पुल, न्युनोर्फिन ३५० एम्पुल, कोरेक्स १ बोतल, ट्रामाडोल क्यापसोल १,३६,७१० पिस, नाईट्रोजेपामप २३० ट्याब्लेट सहित ५९ जनालाई पक्राउ गरेका छन्। उनीले ४३ जना कारोबारीको विरुद्ध  मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

 

त्यसैगरी प्रहरीले ६२ लाख ६१ हजार ४७० रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ९ वटा मुद्दा दर्ता गरि १३ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिई थप कार्यबाही गरेको छ। ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ ।  

 

२०८२/६/१४ गतेको दिन जिल्ला बारा परवानीपुर गाउपालिका वडा नम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने गोल्डेन भन्ने शिवम शाह कानुले गहवा माईको मेला हेर्न जान्छु भनि घर बाट निस्कि गएकोमा मेलामा गई केटाहरु संग वादविवाद तथा हातपात गरेको र विगतका दिनहरुमा उक्त समूहहरु बिच एक आपसमा झै-झगडा वाद-विवाद  हुने गरेको सोही रिसईवी लिई मृतक गोल्डेन भन्ने शिवम शाहलाई एकलौ मौका छोपी विपक्षी समूहका ( दरेन्दे खुणखार समूह)केटाहरुले हात मुक्का,बाँसको भाठ्ठाले समेत प्रहार गरेका थिए। 

 

कर्तव्य कसुर गरि मारेको भनी  हाल सम्म खुल्न आएको घटनामा संलग्न ७ जनालाई भारतको मोतिहारी जिल्ला थाना बल्थर स्थितिमा लुकिछिपी बस्दै आएको सूचना अनुसार भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गरि उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको जानकारी समेत प्राप्त भएको छ।

 

पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको छ र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।एसपी पाठकले ९ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा ७ बिघा र १५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि ४ लाख ३२ हजार ६ सय बोट नष्ट गरेको जानकारी समेत गराएको छ।

 

प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ७५५ जना प्रतिवादी पक्राउ परेका छन पक्राउ परेका प्रतिवादीहरुबाट सजाय कोे दिन अनुसार १५२ वर्ष ८ महिना २१दिनको कैद सजाय असुल गरिएको साथै जरिवाना बापत ७ करोड ६६ लाख ९६ हजार ७६० रुपैयाँ असुली गर्न पर्सा प्रहरी सफल भएका छन। 

 

यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको ४३२ क्युफिट काठसहित नियन्त्रणमा लिइएका  चालक, ट्रयाक्टर र साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ जानकारी प्राप्त भएको छ। 

 

साथै पर्सा प्रहरीले मानव बेचबिखनमा ३ वटा मुद्दा दर्ता गरि ५ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ। यसैगरी ३९ जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

 

एसपी पाठक पर्साको कार्यभार सम्हालेको दिन देखि केही छुटफुट सामान्य घटना बाहेक शान्ति सुरक्षा कायम रहेकोले  पर्साबासीमा निकै चर्चित एसपीको रुपमा रहेक  छन्। पर्साका प्रहरी प्रमुख पाठकले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।

 

त्यसैगरी एसपी पाठकले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।

 

जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पाठकले  प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३