KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्सामा जग्गा विवादमा झडप, ४ जना घाइते

पर्सामा जग्गा विवादमा झडप, ४ जना घाइते

पर्सा , साउन २३ –

पर्साको जिराभवानी गाउँपालिका–४ भवानीपुरस्थित फिल्डमा जग्गा तथा श्मशान घाट जाने बाटोको विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा चार जना घाइते भएका छन्।

 

Call Us for Ads

गत असार २१ गते संविधानसभा सदस्य जयप्रकाश थारु र जिराभवानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष उषा देवी थारुनीको उपस्थितिमा वृक्षरोपण गरिएको स्थान नजिकै रहेको श्मशान घाट जाने बाटोको विषयमा विवाद सुरु भएको स्थानीयले बताएका छन्।

 

स्थानीयका अनुसार ऐलानी जग्गाको नापी तथा नक्सांकन गरी नयाँ बाटो निकाल्ने क्रममा पुरानो बाटो मिचिएको आरोप लागेपछि दुई पक्षबीच विवाद बढेको हो।

 

सोही विषयलाई लिएर शुक्रबार बिहान करिब ९ बजे पूर्वसंविधानसभा सदस्य थारुसहितको टोली र जगरनाथपुर गाउँपालिका–३ बडगो टोलका स्थानीयबीच विवाद तथा झडप भएको प्रहरीले जनाएको छ।

 

झडपमा जगरनाथपुर गाउँपालिका–३ बडगो खेखरिया टोलकी ५० वर्षीया अमिता महरा, ३० वर्षीय कर्ण हजरा, ४५ वर्षीया कान्ती देवी र २५ वर्षीय रितेश राम घाइते भएका छन्। अमिता महराको छाती, कर्ण हजराको काँध, कान्ती देवीको दुवै हात तथा रितेश रामको बायाँ पाखुरा र बायाँ गालामा चोट लागेको प्रहरीले जनाएको छ।

 

घाइते चारै जनाको अवस्था सामान्य रहेको र थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

घटनापछि स्थिति नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट सुपौलीबाट प्रहरी सहायक निरीक्षक राजदेव प्रसाद यादवको कमाण्डमा तीन जना तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

 

प्रहरी टोली पुगेपछि झडपमा संलग्न तथा घटनास्थलमा भेला भएका मानिसहरू तितरबितर भएर घर फर्किएका थिए। हाल घटनास्थलमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation