KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पश्चिम बंगालमा भाजपा अगाडि, पाँच राज्यको मतगणना जारी

पश्चिम बंगालमा भाजपा अगाडि, पाँच राज्यको मतगणना जारी

काठमाडौं,२१ वैशाख । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी रहँदा पश्चिम बंगालमा प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ।

बीबीसीले ‘डेटानेट’ को तथ्यांक उद्धृत गर्दै जनाएअनुसार पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई पछि पार्दै भाजपाले १४७ सिटमा अग्रता बनाएको छ भने टीएमसी १२७ सिटमा अगाडि छ।

यसैगरी, असममा पनि भाजपा स्पष्ट अग्रस्थानमा देखिएको छ, जहाँ उसले ६६ सिटमा र कांग्रेसले २० सिटमा अग्रता लिएको प्रारम्भिक रुझान छ।

Call Us for Ads

तमिलनाडुमा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको डीएमके ८७ सिटमा अगाडि छ भने विपक्षी एआईएडीएमके ३७ सिटमा र अभिनेता विजयको पार्टी टीभीके २१ सिटमा अग्रता कायम गरेको छ।

केरलामा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५० सिटमा र सत्तारूढ लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) ३९ सिटमा अगाडि देखिएको छ।

असम, केरल र पुडुचेरीमा अप्रिल ९ मा तथा तमिलनाडुमा अप्रिल २३ मा मतदान भएको थियो। पश्चिम बंगालमा भने अप्रिल २३ र २९ मा मतदान सम्पन्न भएको हो।

मतगणना जारी रहँदा पश्चिम बंगालको परिणामलाई विशेष चासोका साथ हेरिएको छ, किनभने यहाँ सत्तारूढ टीएमसी र भाजपा बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation