KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा न्यूजरुममा सरकार र प्रहरीको हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

Advertisement

 

Advertisement

वर्षा र झरीको समेत प्रवाह नगरी प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा सञ्चारगृहमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गर्दै नाराबाजी गरेका छन्।

Ad

 

Advertisement

प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी परिचालन गर्ने तथा न्यूजरुममा हस्तक्षेप गर्ने कार्यले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि असर पर्ने भन्दै विरोध जनाएका छन्।

Advertisement

 

प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका थिए।

 

सम्बोधनका क्रममा उनीहरूले पत्रकारमाथि हुने धरपकड, सञ्चारगृहमा प्रहरी हस्तक्षेप तथा समाचार कक्षमा सरकारी हस्तक्षेप रोक्नुपर्ने माग उठाएका थिए।

 

पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमार्फत पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation