प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा ११४ किलो गाँजा बरामद, एक पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा परिचालित प्रहरी टोलीले ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति पकहामैनपुर गाउँपालिका–धोरेस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
जाँचका क्रममा बा १८ च ३६५७ नम्बरको कारको पछाडिको डिक्कीमा प्लास्टिकले बेरिएका १२ वटा पोकामा राखिएको गाँजा फेला परेको थियो। गाँजासहित धादिङको बेनिघाट रोराङ गाउँपालिका निवासी २१ वर्षीय साजन चेपाङलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा विशेष सूचनालाई पछ्याउँदै परिचालित टोलीले सवारीसाधन रोकेर गरिएको सूक्ष्म जाँचका क्रममा गाँजा फेला पारेको हो। लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै आएको पोखरिया प्रहरीले पछिल्लो समय ग्रामीण तथा सीमावर्ती सडकखण्डमा निगरानी बढाएको जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका चेपाङलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, सुरक्षा स्रोतले बरामद भएको सवारीसाधन भारतीय हुन सक्ने र त्यसमा नेपाली नम्बर प्लेट प्रयोग गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। सवारीसाधनको वास्तविक पहिचान तथा नम्बर प्लेटसम्बन्धी विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेकाले गाँजाको स्रोत, गन्तव्य तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

